02
Dec
केही समयअघिसम्म दलहरूको औचित्य नरहेको भन्दै तिनका कार्यकर्तालाई 'झोले' भनेर लाञ्छित गर्ने धरानका मेयर हर्क साम्पाङ यतिबेला आफै दल खोलेर चुनावी अभियानमा छन्। यसक्रममा उनी संगठन विस्तारमा मात्रै केन्द्रित छैनन्, आफ्नै नामका पछि ‘वाद’ जोडेर ‘हर्कवाद’ को एजेन्डालाई पार्टीको मार्गदर्शक सिद्धान्त घोषणा गर्ने तहमा पुगेका छन्। मंगलबार धरानमा आयोजित कार्यक्रममार्फत पार्टीको अवधारणा पत्र तथा एजेण्डाहरु उनले सार्वजनिक गरेका छन्। हर्कवादलाई पार्टीको मूल सिद्धान्त घोषणा गरेका उनले भनेका छन् ‘अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरीबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद।’ सामाजिक अभियन्ताका रुपमा खटिँदा मात्रै…






