Skip to main content

धनगढी न्यूज

Month: December 2025

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अन्लाईन खबर बाट साभार
Read More
महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

धनगढीः धनगढी उपमहानगरपालिका–१४ फुलबारी एच गाउँका सहकारीमा आबद्ध महिला व्यावसायिक रुपमा भैंसीपालन गरेर गतिलो आम्दानी लिन सफल भएका छन् । फुलबारीकी उर्मिला घलेसँग दुई वटा उन्नत जातका भैंसी छन् । एउटा अनुदानमा अर्को आफैंले किनेको उन्नत जातको भैँसी छ । उनले दैनिक १० लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर उनको मासिक आम्दानी झण्डै २० हजार रुपैया हुन्छ। विगतमा गृहणीका रुपमा सीमित उर्मिला घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी छिन् । उनले फुलबारी एच गाँउका १६ जना महिलाहरु खोजेर सिदार्थ महिला कृषि समुह गठन गरी दर्ता गरेकी हुन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर डडेल्धुराको अनुदानमा १६…
Read More
नक्खु कारागारबाटै रविको राजनीतिक सक्रियता

नक्खु कारागारबाटै रविको राजनीतिक सक्रियता

काठमाडौँ । मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकतासभामा रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए । रास्वपाका सभापतिसमेत रहेका उनले पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेमार्फत सन्देश पठाए । पहिलो सन्देशमा उनले एकता प्रक्रियामा जोडिएका विवेकशील साझाका नेताहरूलाई स्वागत गरे भने दोस्रोमा, केही समय ‘कुलिङ पिरियड’ बसेर विश्राम लिन र तेस्रो सन्देशमा मिडिया ट्रायलदेखि टाढै रहन सचेत गराएका थिए । एकता घोषणाअघि संयोजक वाग्लेले सहमतिको पाँचबुँदे ड्राफ्ट रविलाई सुनाएका थिए । सहमतिका बुँदाहरूबाट रवि निकै उत्साहित भएको कुरा वाग्लेले एकता सभामा सुनाए । सोही दिन संवाद समितिका सहसंयोजक शिशिर खनालले कारागार पुगेर रविलाई…
Read More
मधेसमा नयाँ मुख्यमन्त्रीका लागि आह्वान

मधेसमा नयाँ मुख्यमन्त्रीका लागि आह्वान

मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न आह्वान भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज मुख्यमन्त्रीका लागि आह्वान गरेका हुन्। मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि आह्वान भएको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूबाट बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंसिर १९ गते शुक्रबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान भएको हो। यसअघिका मुख्यमन्त्री यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आज पदबाट राजीनामा दिएका थिए।सेतोपाटी बाट साभार  
Read More
दलीय खिचातानीले अस्थिर मधेश, तीन महिनाभित्र तीन सरकार ढले

दलीय खिचातानीले अस्थिर मधेश, तीन महिनाभित्र तीन सरकार ढले

१७ मंसिर, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज सदनमा राजीनामा घोषणा गरेका छन् । कार्तिक २३ गते राति ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त भएका थिए । २४ गते बिहान बर्दिबासको पानस होटेलमा शपथ लिएका यादव सर्वोच्चको परमादेश पश्चात २४ घण्टा भित्र विश्वासको मत लिन डाकिएको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका हुन् । झण्डै उनको यो विवादित कार्यकाल २२ दिन रह्यो । उनी लगायत पछिल्लो तीन महिना यता सदनमा यसरी नै तीन मुख्यमन्त्रीले राजीनामा दिनु परेको छ । भदौ २३ गतेको जेनजीको आन्दोलन यता मधेश झन् अस्थिर बनेको छ । प्रदेश सभाको दोस्रो कार्यकालको तीनवर्षमा मधेशमा चारवटा सरकार परिवर्तन भइसकेका छन् । जसमा जेनजी आन्दोलन पश्चात…
Read More

बैतडीका जगदीश सरः जसले ४२ वर्ष सबै विषय अध्यापन गरे, २५ वर्षसम्म बिदा नै बसेनन्

धनगढीः  ४२ वर्षसम्म सरकारी विद्यालयमा अध्यापन गरेर भर्खरै सेवा निवृत्त भएका बैतडीका जगदीशसिंह ऐरले ४२ वर्ष लामो शिक्षण अवधि ४२ दिन जत्तिकै छोटो लागेको प्रतिक्रिया दिएका छन्। निम्न माध्यमिक तहको द्वीतीय श्रेणीको शिक्षकबाट ऐर २०८२ मंसिर ९ गते सेवा निवृत्त भएका हुन्। डडेल्धुराको अजयमेरू- १ खतेडामा रहेको घनघस्या माध्यमिक विद्यालयबाट उमेर हदका कारण ऐरले अवकाश पाएका हुन्। बैतडीको पाटन नगरालिका वडा नम्बर २ बिनोडामा २०२२ मंसिर ९ गते आमा कुन्धादेवी ऐर र बुवा धौलसिंह ऐरका दोस्रो सन्तानका रुपमा जन्मेका जगदीश सिंह ऐरले २०३९ सालमा एसएलसी पास गरेका हुन्। ऐरले एसएसली पास गरेसँगै २०४० सालदेखि २०४३ सम्म तीन वर्ष स्थानीय विद्यालयहरुमा स्वयंसेवक…
Read More
रसुवागढी नाका खुल्दै, कोरोला बन्द हुँदै

रसुवागढी नाका खुल्दै, कोरोला बन्द हुँदै

काठमाडौँ । नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मानिने उत्तरी नाका रसुवागढी छिट्टै सञ्चालनमा आउने भएको छ । गत असार २४ गते चीनतर्फबाट आएको बाढीले मितेरी पुल बगाएपछि यो नाका पाँच महिनायता अवरुद्ध छ ।  हाल चीन सरकारले निर्माण गरिरहेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेसँगै नाका पुनः खुल्ने निश्चित भएको हो । उता, रसुवा र तातोपानीको विकल्पका रूपमा प्रयोग भएको मुस्ताङको कोरोला नाका भने अब बन्द हुने चरणमा छ । बेलिब्रिज निर्माण अन्तिम चरणमा  रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने चरणमा छ । यही डिसेम्बर ५ देखि नाका सञ्चालनमा आउने चर्चा चले पनि अधिकारीले ठ्याक्कै…
Read More
बजेट कार्यान्वयन गत वर्षभन्दा सुस्त, ७४ बुँदामध्ये पहिलो त्रैमासमा दुइटा मात्रै लागू

बजेट कार्यान्वयन गत वर्षभन्दा सुस्त, ७४ बुँदामध्ये पहिलो त्रैमासमा दुइटा मात्रै लागू

चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन थप सुस्त देखिएको छ। नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको समन्वयनमा निकालेको बजेट कार्यान्वयन अवस्थाबारेको विवरणले यसको स्थिति गत वर्ष भन्दा पनि सुस्त देखाएको हो। कुल ७४ बुँदामध्ये ३८ वटामा कुनै पनि काम भएको छैन। ३४ वटा आंशिक कार्यान्वयन भएको छ भने दुई वटा मात्रै पूर्ण कार्यान्वयन भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा पूर्ण कार्यन्वयन अवस्था ४.८ प्रतिशत भएकोमा अहिले २.७ प्रतिशत मात्रै छ। तर आंशिक कार्यान्वयन भने गत वर्ष भन्दा सुधार देखिएको छ। गत वर्ष पिहलो त्रैमासमा ३८ प्रतिशत आंशिक कार्यान्वयन भएको थियो। अहिले ४६ प्रतिशत पुगेको छ। शून्य प्रगति गत …
Read More
विद्यार्थी संगठन : औचित्यको प्रश्न सकियो, अस्तित्वको सुरु भयो

विद्यार्थी संगठन : औचित्यको प्रश्न सकियो, अस्तित्वको सुरु भयो

१७ मंसिर , काठमाडौं । गत २३ भदौमा नयाँ बानेश्वरमा १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईंको प्रहरीको गोलीबाट ज्यान गयो । व्यवस्थापन संकाय लिएर कक्षा १२ मा पढिरहेका उनी कलेज पोशाकमै रक्ताम्य भएर ढलेका थिए । भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग राखेर जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा चौलागाईं जस्ता धेरै विद्यार्थीले अनाहकमा ज्यान गुमाए । धमाधम विद्यार्थी मारिँदा पनि विद्यार्थीकै हकहितका लागि खुलेको दाबी गर्ने विद्यार्थी संगठनहरूले आवाज उठाएनन् । आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई शहीद घोषणा गरिएको छ । आमनेपालीले जेनजीका मागमा अपनत्व लिए । तर, विद्यार्थीको प्रतिनिधित्व गर्छौं भन्ने विद्यार्थी संगठन गम्भीर…
Read More
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

सुदूरपश्चिम: गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन्। धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे। जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उनले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए। लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई…
Read More