Skip to main content

धनगढी न्यूज

अशोक राई नेतृत्वको जसपाका कतिपय नेताहरू जसपा नेपालमै फर्किने, हृदयेश त्रिपाठी पनि मिल्ने

Advertisement

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका कतिपय नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्कने भएका छन्।

नेता प्रदीप यादव र रेणु यादवसहित नेताहरू जसपा नेपाल फर्कन लागेका हुन्।

आफूहरू जसपा नेपालमै फर्कन लागेको नेता प्रदीप यादवले जानकारी दिए। ‘पार्टीका बहुमत सदस्यहरूसहित हामी ध्रुवीकरणमा लागेका छौं,’ उनले भने।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पनि केही नेताहरू जसपा नेपाल फर्किन लागेको बताए। ‘म जाने होइन, केही नेताहरू जान लागेका छन्,’ उनले भने।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच पार्टी एकता गर्ने हिजो सहमति जुटेको थियो। त्यसपछि जनता समाजवादी पार्टीका कतिपय नेताहरू पनि यो एकतामा जान लागेका हुन्।

साथै जनता प्रगतिशील पार्टी पनि एकतामा जाने भएको छ। हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी पनि जसपा नेपाल र लोसपा मिलेर बन्ने पार्टीमा सामेल हुने भएको हो।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...