Skip to main content

धनगढी न्यूज

हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू, भत्काउन थालियो अतिक्रमित संरचना

Advertisement

२० मंसिर, हेटौंडा । सडक डिभिजन हेटौंडाले शनिबार बिहान झिसमिसेमै सडक विस्तार कार्यको सुरूवात गरेको छ ।

बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ ।

सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ ।

सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो । उक्त अल्टिमेटमको अन्तिम दिन शुक्रबार थियो ।

 

सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै ५ मंसिरमा सार्वजनिक सूचना जारी गरी घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।

तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन कार्यालयले आफैं भत्काउने जनाएको छ । तर, सूचना जारी गरेको आज १५औं दिनसम्म पनि सडक सीमा क्षेत्र खाली भएका छैनन् । मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरु आन्दोलित छन् । सडक विस्तार हुने क्षेत्रका व्यवसायीमात्रै प्रदर्शनमा देखिएका छन् ।

सडक विस्तार हुने भएपछि धमाधम सामान बेच्दै हेटौंडाका व्यवसायी 

मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनमा सहभागी नहुने निर्णय गरिसकेको उपाध्यक्ष उज्वल चौलागाईं बताउँछन् । केही सीमित घरधनीहरु घर भत्काउन तयार बन्दै आफ्ना सामान अन्यन्त्र व्यवस्थापन गरिसकेका छन् । तर अधिकांश घरधनीहरु आन्दोलनमा होमिँदै सडक डिभिजनको विस्तार कार्यको प्रतिकार गर्ने चेतावनी दिइरहेका छन् ।

सडक डिभिजन हेटौंडा भने वर्षौदेखि सडक विस्तार कार्य अलपत्र पारेर मात्रै राख्ने विषय स्वीकार हुन नसक्ने बताउँदै आएको छ ।

यसअघि असार २०७६ मा १ नम्बर वडामा सरकारी निकायले उपभोग गरिरहेका सडक क्षेत्रको जग्गा खाली गराएयता सडक डिभिजन मैदानमा उत्रिएको छैन । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो ।

सडक डिभिजनले पछिल्लो पटक दुई वर्षअघि सूचना निकालेको थियो । घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो । सोही मुद्दाको फैसलालाई टेकेर अहिले सडक विस्तार हुन लागेको हो ।

 सडक डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म ८ दशमलव ५ किलोमिटर भित्र ५ सय ३१ वटा घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ । सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने देखिएको डिभिजन प्रमुख अधिकारीले बताए ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...