Skip to main content

धनगढी न्यूज

कञ्चनपुरको कृष्णपुरस्थित एक सामुदायिक वनमा एकैदिन १६४ रुख काटिए

Advertisement

धनगढी: कञ्चनपुरमा अवैध रूपमा रुखहरु कटान गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा रुख काटिएको हो।

मंसिर ११ गते सामुदायिक वन वरपर बस्ने स्थानीयले खयर तथा सिसमको रुख काटेको बताइएको छ। तर रुख काट्नेहरुको पहिचान भने नखुलेको सामुदायिक वनकी अध्यक्ष कुमारी बोहराले बताइन्।

कृष्णपुर-७ को वडा कार्यालयसँगै रहेको सामुदायिक वन २०५५ सालदेखि संरक्षण गर्न थालिएको हो। २०५५ सालमा सुकुम्वासी आएर खाली जग्गमा बसेपछि स्थानीयले सुकुम्वासीलाई हटाएर बिरुवा रोपेर सामादायिक वन बनाइए वडा अध्यक्ष घुम्मन रानाले बताए।

करिब २० बिघा क्षेत्रफलमा फैलिएको बस्तीको बिचमा रहेको वन क्षेत्रबाट स्थानीयले सुकेका रुख काटेर लैजाने गरेको तथा वन क्षेत्र संरक्षण गर्न समस्या भएको वनकी अध्यक्ष बोहराले बताइन्। उनले आफू धनगढी अस्पताल गएको समयमा वन क्षेत्रमा पसेर रुख काटिएको उनले बताइन्।

यस्तै, वडा अध्यक्ष घुम्मन रानाले मंसिर ११ गते वडा कार्यालयमा आफू नरहेको समयमा रुख काटिएको वडा अध्यक्ष रानाले बताए। आफूले रुख काटिएको खबर प्रहरीबाट थाहा पाएको रानाले बताएका छन्। ‘म त्यो दिन वडामा थिएन, मैलै रुख कटान भएको सूचना प्रहरीबाट थाहा पाएको हुँ,’ उनले भने, ‘मैले वन क्षेत्रमा पुग्दा रुखहरू काटिएका थिए। कसले काट्यो भन्ने थाहा भएको छैन। वनले अनुसनधान गर्दैछ। यसमा संलग्न उपर अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ।’

सामुदयिक वन क्षेत्रबाट रुख काटिएको घटनाबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। अवैध रुपमा रुख काटिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरले अनुसन्धान अगाडि बढाइएको जनाएको हो।

यस्तै, गौरीघाट सामुदायिक वनमा पहिलो चरणको अनुसन्धान प्रक्रिया अगाडि बढेको डिभिजन वन कार्यालय कञ्वाचनपुरले जनाएको छ। वन अधिकृत भरत शाहको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ।

सव-डिभिजन वन कार्यालय पिपरैयाले बुझाएको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्दै जाँदा उक्त सामुदायिक वन क्षेत्रबाट खयर र सिसमका १६४ रुखहरू काटिएको तथ्य फेला परेको वन अधिकारीले बताएका छन्। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...