Skip to main content

धनगढी न्यूज

एसपिए कलेजको Brand Ambassador मा क्रिकेट मल्ल नियुक्त

Advertisement

क्रिकेटमा उदयमान राष्टिय खेलाडी शेर मल्ल S.P.A. कलेजको Brand Ambassador मा नियुक्त भएका छन् । आइतबार कलेजले उनलाई एकवर्षका लागि Ambassador को रूपमा नियुक्त गरेको S.P.A. कलेजका प्रबन्ध निर्देशक सुवास विक्रम शाहीले जानकारी गराए । नेपाल प्रीमियर लिग सिजन दुईमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई च्याम्पियन बनाएका मल्ल प्रतियोगिताका उदयमान खेलाडी घोषित भएका थिए ।

सुदूरपश्चिमबाट उदाएका खेलाडी र भविष्यमा क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावनालाई हेरेर मल्ललाई कलेजसँग जोडेको निर्देशक शाहीले बताएका छन् । शाहीले खेलाडीलाई खेलसँगसँगै आर्थिक हिसाबमा पनि मजबुत गर्दै जाने उद्देश्यका साथ कलेजले Brand Ambassador  नियुक्त गरेको बताएका छन्।

S.P.A. कलेजले आफुलाई गरेको सम्मान र सहयोगको लागि क्रिकेटर शेर मल्लले धन्यवाद व्यक्त गरेका छन् । उनले S.P.A. कलेजले पढाउने काम मात्रै नभइ हामीजस्ता खेलाडीलाई पनि बेलाबेलामा सहयोग गरिरहेको भन्दै यसलाई आगामी दिनमा आफुलाई अझ जिम्मेवार भएर खेल क्षेत्रमा लाग्न प्रेरित गरेको मल्लले बताए।

May be an image of text that says 'SPA EOLLICES SUDUR PASCHIMANCHAL CAMPUS wy 27 YEARS 27YEARSOF OF ACADEMIC EXCELLENCE INTAKE 2082 ADMISSION OPEN MBS Master of Business Studies Specialization on Marketing Accounting Finance Management Entrance Exam Date 12th Poush, 2082 Class starts from 1st week of Magh Location: Santoshi Tole, Dhangadhi Contact Number: 091-520392, 525785, 523192 Website: www.spa.edu.np'

S.P.A. कलेजले अन्तर्राष्ट्रिय महिला क्रिकेटर कविता कुँवर,क्रिकेटर नारायण जोशीलाई पनि Brand Ambassador बनाइसकेको छ भने SPA कलेजकै स्वामित्व रहेको Bread Box Cafe ले यसैवर्ष अन्तर्राष्ट्रिय क्रिकेटर बिनोद भण्डारीलाई पनि Brand Ambassador नियुक्त गरेको छ ।

शिक्षा र खेलकुदलाई सँगसँगै अगाडी बढाइरहेको कलेजले खेलाडीलाई प्रोत्साहन गर्ने हेतुले आफ्नो क्षेत्रका खेलाडीलाई Brand Ambassador मा नियुक्ति गर्ने गरेको प्रबन्ध निर्देशन सुवास शाहीले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...