21
Dec
क्रिकेटमा उदयमान राष्टिय खेलाडी शेर मल्ल S.P.A. कलेजको Brand Ambassador मा नियुक्त भएका छन् । आइतबार कलेजले उनलाई एकवर्षका लागि Ambassador को रूपमा नियुक्त गरेको S.P.A. कलेजका प्रबन्ध निर्देशक सुवास विक्रम शाहीले जानकारी गराए । नेपाल प्रीमियर लिग सिजन दुईमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई च्याम्पियन बनाएका मल्ल प्रतियोगिताका उदयमान खेलाडी घोषित भएका थिए । सुदूरपश्चिमबाट उदाएका खेलाडी र भविष्यमा क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावनालाई हेरेर मल्ललाई कलेजसँग जोडेको निर्देशक शाहीले बताएका छन् । शाहीले खेलाडीलाई खेलसँगसँगै आर्थिक हिसाबमा पनि मजबुत गर्दै जाने उद्देश्यका साथ कलेजले Brand Ambassador नियुक्त गरेको बताएका छन्। S.P.A. कलेजले आफुलाई गरेको सम्मान र सहयोगको लागि क्रिकेटर…






