Skip to main content

धनगढी न्यूज

सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् ‘ब्लू चिप’?

Advertisement

केही वर्ष अघिसम्म बजारमा चिलिमे जलविद्युत र बुटवल पावर कम्पनी ‘ब्लु चिप’ कम्पनीको रूपमा मानिन्थे।

धेरै उतारचढाव नहुने, वर्षौंदेखि राम्रो नाफा कमाइरहेका, नियमित लाभांश दिइरहने, विश्वसनीय ब्रान्ड र सुदृढ वित्तीय अवस्था रहेका कम्पनीहरूलाई सेयर बजारमा ‘ब्लु चिप’ कम्पनी भनिन्छन्।

पछिल्लो समय सेयर बजारमा जलविद्युत कम्पनीहरूको संख्या बढ्दै जाँदा लगानीकर्ताहरू अन्य कम्पनीमा पनि उत्तिकै आकर्षित हुन थालेका छन्।

यो क्रममा केही नयाँ जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण राम्रो देखिन्छ।

अहिले सेयर बजारमा ९७ वटा जलविद्युत कम्पनी सूचीकृत छन्। यसमा पनि सानिमामाइ हाइड्रो, साहास क्षर्जा र माउन्टेन इनर्जी यस्ता केही कम्पनी हुन्, जसमा लगानीकर्ता आकर्षित देखिएका छन्।

के यी भविष्यमा ब्लु चिप कम्पनी बन्लान् त?

‘जलविद्युत कम्पनी छनोट गर्दा निरन्तर लाभांश दिने, एकभन्दा बढी आयोजना भएका कम्पनीहरू किन्नुपर्छ। यस्तै कम्पनी यो क्षेत्रका अग्रणी कम्पनी बन्नेछन्,’ सेयर ब्रोकर नरेन्द्र सिजापतिले भने।

सानिमामाइ हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर पाँच सय १८ रूपैयाँमा कारोबार भइरहेको छ।

कम्पनीको लाभांश इतिहास हेर्ने हो भने पाँच वर्षयता वार्षिक औसत १०.३६ प्रतिशत लाभांश दिएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छैन।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सानिमामाइको नाफा १६ करोड ४७ लाख रूपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यही अवधिमा यसको नाफा २० करोड १७ लाख रूपैयाँ थियो।

यसको आयोजनामा असोज मध्यको बाढीले क्षति पुगेका कारण आम्दानी घटेको हो। आयोजना सञ्चालनमा आइसकेको जानकारी अहिलेसम्म सानिमामाइले दिएको छैन।

सानिमामाइको वार्षिकीकरण नगरिएको प्रतिसेयर आम्दानी चार रूपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ७० रूपैयाँ ६० पैसा छ।

असोजको बाढीअघि सानिमामाइले २२ मेगावाटको माइ हाइड्रोपावर र ७ मेगावाटको माइ कास्केड सञ्चालन गरिरहेको थियो। चैतमा आएको बाढीले यसको लगानी रहेको ७३ मेगावाटको सानिमा मिडल तमोर आयोजनामा पनि क्षति पुगेको थियो।

सानिमामाइले श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडमा लगानी गरेको छ। यसले २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लगानी गरेको छ। यो आयोजना सञ्चालनमा छ। त्यस्तै, १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत हाइड्रोको काम पनि लगभग सकिएको छ।

यसको ५६ मेगावाटको जुम खोला आयोजनामा पनि लगानी छ। सानिमामाइको सेयर मूल्यले एक वर्षयता ६८४ रूपैयाँमा उच्च विन्दु बनाएको छ। यसको सेयर बियरिस प्रवृत्तिमा छ।

त्यस्तै माउन्टेन इनर्जी नेपालको प्रतिकित्ता सेयर पाँच सय ६२ रूपैयाँमा कारोबार भइरहेको छ।

यसको लाभांश इतिहास हेर्ने हो भने चार वर्षयता वार्षिक औसत १५.७८ प्रतिशत लाभांश दिएको छ। आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जीले २० प्रतिशत बोनस सहित कुल २१.०५ लाभांश दिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यसको नाफा ३८ प्रतिशतले बढेर ४२ करोड ३४ लाख रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा नाफा ३० करोड ५३ लाख रूपैयाँ थियो।

यसअघि विद्युत बिक्रीबाट ४९ करोड ६० लाख आम्दानी भएकोमा यो २३ प्रतिशत बढेर यस पटक ६१ करोड ३५ लाख रूपैयाँ पुगेको छ।

कम्पनीको वार्षिकीकरण नगरिएको प्रतिसेयर आम्दानी १६ रूपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ६७ रूपैयाँ छ।

अहिले कम्पनीले ५ मेगावाटको टाँडी खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र ४२ मेगावाटको मिस्त्री खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट सञ्चालन गरिरहेको छ।

माउन्टेन इनर्जीको सेयर मूल्यले एक वर्षयता ७३१ रूपैयाँमा उच्च विन्दु बनाएको छ। हालै यसको लाभांश समायोजन भएको छ। यही कारण मूल्य न्यून विन्दुमा आएको छ।

साहास ऊर्जा लिमिटेडको प्रतिकित्ता सेयर पाँच सय ४१ रूपैयाँमा कारोबार भइरहेको छ।

यसको लाभांश इतिहास हेर्ने हो भने दुई वर्षयता वार्षिक औसत १५.२६ प्रतिशत लाभांश दिएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि २१ प्रतिशत बोनस सेयर र १.१० प्रतिशत नगद लाभांश दिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा साहास ऊर्जाको नाफा ४९ करोड ४८ लाख रूपैयाँ छ। अघिल्लो वर्षको यही अवधिमा नाफा ४० करोड २ लाख रूपैयाँ थियो।

यसको प्रतिसेयर आम्दानी ५२ रूपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ९६ रूपैयाँ ८९ पैसा छ।

साहास ऊर्जाले ८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट सञ्चालन गरिरहेको छ। त्यस्तै टाइम्स इनर्जीमा ५६.६७ प्रतिशत लगानी गरेको छ। टाइम्सले ३४१ मेगावाटको बुढिगण्डकी आयोजनामा लगानी गर्नेछ।

साहास ऊर्जाको सेयर मूल्यले एक वर्षयता ७०५ रूपैयाँमा उच्च विन्दु बनाएको छ। यसको सेयर अहिले बियरिश प्रवृत्तिमा छ। सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...