Skip to main content

धनगढी न्यूज

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

Advertisement

कञ्चनपुर: कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ।

अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्। अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै यहाँका स्थानीय तहहरूले सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिन थालेका छन्। हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले बालबालिकालाई पठनपाठनमा कठिनाइ भएपछि विद्यालयमा बिदा दिएका छन्।

श्रीकृष्ण माध्यमिक विद्यालय झलारीका शिक्षक ईश्वरी भट्टले भनिन्, “अत्यधिक चिसोका कारण विद्यालयमा आगो बालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको छ, चिसोले गर्दा ससाना बालबालिकामा रुघाखोकी र कठ्याङ्ग्रिने समस्या बढी देखिएको छ, चिसो बढेपछि नगरपालिकाले तीन दिन बिदा दिएपछि केही राहत हुने भएको छ।”

हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जनप्रतिनिधिले पनि सुरक्षा सतर्कताका लागि सक्रियता देखाएका छन्। कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष बाबुराम चौधरीले बिहान र साँझको समयमा चिसो अत्यधिक हुने भएकाले विशेष सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरेकी छन्।

यसैगरी लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले चिसोबाट बालबालिका, सुत्केरी, दीर्घरोगी र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्न आह्वान गरेकी छन् । अध्यक्ष रानाले गाउँपालिकाभित्रका सामुदायिक वनहरूलाई सार्वजनिक चोक तथा बस्तीमा दाउरा उपलब्ध गराइदिन आग्रहसमेत गरेका छन्।

“चिसो र शीतलहरले दैनिक कार्यमा कठिनाइ हुनुका साथै स्वास्थ्य जोखिम बढाएको छ”, अध्यक्ष रानाले भने, “यस्तो कठिन अवस्थामा आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित पारौँ।” शीतलहरका कारण कञ्चनपुरको जनजीवन ठप्पजस्तै बनेको छ। बजारमा चहलपहल घटेको छ भने सडकमा गुड्ने सवारीसाधन बाक्लो हुस्सुका कारण दिउँसै हेडलाइट बालेर हिँड्न बाध्य छन्।

चिकित्सकहरूले चिसोबाट बच्न मनतातो पानी पिउन, न्यानो लुगा लगाउन र सम्भव भएसम्म घरभित्रै बस्न सुझाव दिएका छन्। स्थानीय तहहरूले चिसोबाट हुनसक्ने मानवीय क्षति कम गर्न आ–आफ्नो तर्फबाट सचेतनाका कार्य अगाडि बढाइरहेका छन्। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...