Skip to main content

धनगढी न्यूज

Day: December 25, 2025

मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन : स्वास्थ्य कार्यालय

मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन : स्वास्थ्य कार्यालय

अहिले सामाजिक सञ्जालमा मुगुको छायानाथ रारा नगरपालिका-१ मा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा पोस्टहरू भाइरल छन् । राजनीतिक दलका दलका नेता-कार्यकर्ताहरूले नै मृत्यु भएका पोस्ट सामाजिक सञ्जालमा राखेका छन् । एमाले केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व सांसद सुशील थापाले राखेको पोस्टमा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको दाबी गरेका छन् । तर स्वास्थ्य सेवा कार्यालय मुगुले भने यो निराधार रहेको बताएको छ । बिहीबार स्वास्थ्य सेवा कार्यालयले विज्ञप्ति जारी गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ । स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले रातोपाटीसँग भने, ‘मौसमी भाइरल ज्वरो तथा इन्फ्लुएन्जाजस्ता…
Read More
रवि र बालेनलाई नमिलेसम्म बाहिर आउने होइन भनेर ढोकामा चुकुल लगाइदिएको छु : सुदन गुरुङ

रवि र बालेनलाई नमिलेसम्म बाहिर आउने होइन भनेर ढोकामा चुकुल लगाइदिएको छु : सुदन गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच अहिले कुपन्डोलमा छलफल भइरहेको छ। बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई जनाबीच एक्लाएक्लै कुराकानी भइरहेको छ। भेटका लागि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद असिम शाह कुपन्डोल पुगेका थिए। त्यसअघि नै बालेनसँग भेट्न हामी नेपाल संस्थाका संस्थापक एवं जेनजी अभियन्ता सुदन गुरुङ पनि कुपण्डोल पुगेका थिए। सुदन अहिले ब्यजनकारको घरको गेटमा छन्। ‘ढोका थुनेर लक लगाएर राखेको छु ’ गुरुङले भने, ‘गेटपाले बसिराखेको छु। जबसम्म मिल्दैन तबसम्म निस्कन पाउँदैन भनेर।’ उनले रवि, बालेन, उर्जा मन्त्री कुलमान घिसिङबीच थप कुराकानी हुने बताए। रवि लामिछाने र बालेन शाहबीच केही दिन…
Read More

प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

१० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताएकी छन् । त्रिपुरेश्वर रंगशालामा बिहीबार आयोजित ५१औं दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘ शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस पहल थालेका छौं । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’ शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यो सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतीकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले…
Read More

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर: कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ। अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्। अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै यहाँका स्थानीय तहहरूले सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिन थालेका छन्। हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले बालबालिकालाई पठनपाठनमा कठिनाइ भएपछि विद्यालयमा बिदा दिएका छन्। विज्ञापन श्रीकृष्ण माध्यमिक विद्यालय झलारीका शिक्षक ईश्वरी भट्टले भनिन्, “अत्यधिक चिसोका कारण विद्यालयमा आगो बालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको छ, चिसोले गर्दा ससाना बालबालिकामा रुघाखोकी र कठ्याङ्ग्रिने समस्या बढी देखिएको छ, चिसो बढेपछि नगरपालिकाले तीन…
Read More