Skip to main content

धनगढी न्यूज

बालेनले भने– संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ

Advertisement

फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले छलफल क्रममा आफू अहिलेकै संविधान मानेर अघि बढ्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग समानान्तर भेटवार्ता गरिरहेका उनी विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग पनि ‘म्याराथन मिटिङ’ गरिरहेका छन्।

ती भेटवार्तामा सहभागीहरूका अनुसार बालेनले आफू संविधान र संघीयताको पक्षमा रहेको बताउने गरेका छन्।

जेनजी प्रतिनिधिहरूसँगको छलफल क्रममा संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारीबारे प्रश्न उठ्दा बालेनले नेपालका लागि संघीयता चाहिने र अहिलेकै संविधान ‘बेस्ट’ छ भन्ने धारणा राखेको जेनजी प्रतिनिधि रक्षा बमले बताइन्।

‘संघीयता चाहिन्छ। यो संविधान बेस्ट नै छ। कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले समस्या भएको हो,’ बुधबार र बिहीबारको भेटवार्ता क्रममा बालेनको भनाइ उद्धृत गर्दै बमले सेतोपाटीसँग भनिन्,’प्रत्यक्ष कार्यकारीको विषयमा पनि हाम्रो छलफल भएको थियो।

संविधान, संघीयता र प्रत्यक्ष कार्यकारीबारे बालेनको जबाफ सुनेपछि आफू विश्वस्त भएको उनले बताइन्।

बालेनले यसरी संघीयताको पक्षमा धारणा राखेको पहिलो पटक सुनिएको हो। विगतमा उनी संघीयताको सवालमा प्रस्ट थिएनन्। अघिल्लो आमनिर्वाचनमा उनले प्रतिनिधिसभातर्फ मात्र भोट हालेका थिए, प्रदेशसभाको त मतपत्र नै लिएनन्।

बालेन जेनजी लगायत सबै नयाँ शक्तिलाई ‘देश विकास पार्टी’ मार्फत जोडेर निर्वाचनमा भाग लिने तयारीमा छन्। उनले आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरको कुपण्डोलस्थित घरमा राजनीतिक छलफल गरेका हुन्। शुक्रबारबाट पार्टीको कार्यालय पनि खोलेका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने दिन नजिकिएपछि बालेनले आफ्नो तर्फबाट गृहकार्य अघि बढाएको उनी निकटहरू बताउँछन्।

प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिकको बन्दसूची बुझाउनुपर्छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...