26
Dec
११ पुस, काठमाडौं । गत भदौ २३ र २४ मा जेनजी आन्दोलनको क्रममा २ हजार ५३२ जना घाइते भए । स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेको ८१ वटा स्वास्थ्य संस्थाले उपचार गरेको थियो । सरकारले घाइते बिरामीको उपचार निःशुल्क गरेसँगै विवरण पठाउन स्वास्थ्य संस्थालाई अनुरोध गर्यो । यसबीचमा पटक-पटक स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थालाई बिलसहित विवरण पठाउन तोकता गर्यो । तर अहिलेसम्म २२ वटा स्वास्थ्य संस्थाले मात्रै विवरण पठाएका छन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार २२ वटा संस्थाले ७ करोड २५ लाखको भुक्तानी माग गरेका छन् । प्रवक्ता बुढाथोकीका अनुसार, मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई तीन किसिमको जानकारी मागेको थियो । घाइतेको विवरण,…






