Skip to main content

धनगढी न्यूज

पाँचौँ पटक थपिएको म्यादमा पनि सकिएन संसद् भवनको काम, छैटौँ पटक थप्ने तयारी

Advertisement

काठमाडौँ । सिंहदरबार परिसरमा बन्दै गरेको नयाँ संसद भवनको पाँचौ म्याद सकिएको छ । तर हालसम्म पनि निर्मााण सम्पन्न हुन नसकेपछि छैटौँ पटक म्याद थप्ने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका सूचना अधिकारी रञ्जनकुमार दासले निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएको जानकारी दिए ।

दासले भने,‘निर्माण व्यवसायीले म्याद थपका लागि  निवेदन दिइसकेका छन् । कति समयका लागि म्याद थप्ने वा के–कसरी अघि बढ्नेबारे  छलफल भइरहेको छ ।’

छलफलकै चरणमा रहेकाले म्याद थप गरेर कसरी अघि बढ्ने अहिले कुनै जानकारी दिन नसकिने दासले बताए ।

पुस १६ गतेसम्म संसद् भवन निर्माणकाे अन्तिम म्याद भएपनि काम भने सम्पन्न हुन सकेन । यसको समग्र भौतिक प्रगति कति पुग्यो यसबारे पनि अपडेट लिन बाँकी रहेको उनले बताए ।

२०७६ असोज १ गते शिलान्यास भएको १५ दिनपछि अर्थात् असोज १६ गते उक्त भवन निर्माणका लागि आईसीबी (बहुवर्षीय) मोडलमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी टुन्डी सेक जेभीसँग उक्त सम्झौता भएको हो ।

प्रारम्भिक सम्झौता अनुसार २०७९ असोज १६ गते निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण ढिलाइ भएको भन्दै पहिलोपटक उक्त ठेक्काको म्याद थपियो । ६ महिना म्याद थप गरिएपछि निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०८० वैशाख १४ गते कायम भएको थियो ।

पहिलोपटक म्याद सकिँदा निर्माण सम्पन्न नभएपछि कुनै पनि कारणविना दोस्रो पटकका लागि फेरि ६ महिना म्याद थप गरिएको थियो । यसपछि म्याद थपेर २०८० साल असोज १६ गते पुर्याइएको थियो । यो अवधिसम्म जम्मा ६० प्रतिशत प्रगति भएको थियो ।

तेस्रो पटक २०८० असोज २० गतेदेखि सोही वर्षको चैत १९ गतेसम्म म्याद थपिएको थियो । चौथो पटक थपिएको म्याद अनुसार २०८१ चैत १८ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । त्यो म्याद गुज्रिएको पछि २०८२ पुस १६ सम्मका लागि म्याद थपिएको थियो । तर यो म्यादमा पनि सम्पन्न हुन सकेन ।

साथै उक्त भवन निर्माण सम्पन्न  हुन नसके आसन्न फागुन २१ चुनाव पछि  प्रतिनिसभा बैठक सञ्चालनका लागि भवनको अभाव झेल्नुपर्ने देखिएको छ  ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...