Skip to main content

धनगढी न्यूज

एसपिए कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरको सह-सचिवमा बढुवा

Advertisement

विगत २३ वर्षदेखि सुदूर पश्चिमाञ्चल क्याम्पसमा कार्यरत प्रकाश बहादुर बलायरको सह-सचिव पदमा बढुवा भएको छ । क्याम्पस व्यवस्थापन समितिको निर्णय अनुसार बलायरलाई उप-सचिव पदबाट सह-सचिव पदमा बढुवा गरिएको जनाइएको छ । यही माघ १ गतेबाट लागु हुने गरि उक्त निर्णय गरिएको हो ।

आज आयोजित कार्यक्रममा बलायरलाई नियुक्ति पत्रसहित बधाई ज्ञापन गर्दै सुदूर पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख बुद्धराम चौधरीले शैक्षिक तथा प्रशासनिक दक्षताका आधारमा गरिने यस किमिमका बढुवाले शिक्षक तथा कर्मचारीको मनोबलमा थप उर्जाको विकास हुने बताउनु भयो ।

प्रशासनिक दक्षतामा अब्बल मानिएका बलायरले क्याम्पस व्यवस्थापन समितिले आफ्नो योगदानको कदर गर्दै गरेको यस निर्णयप्रति हृदयदेखि नै आभारी रहेको तथा आगामी दिनहरुमा आफ्नो अनुभव तथा प्रशासनिक दक्षता मार्फत समग्र क्याम्पसको उन्नयनमा लागिपर्ने  बताए ।

कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशी , बिआइएम कार्यक्रम निर्देशक धर्मराज भट्ट , मा.वि. संयोजक रमेश प्रसाद जोशी , परिक्षा संयोजक टंक प्रसाद जोशी लगायत प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित प्राध्यापक तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत बलायरलाई टिका लगाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...