Skip to main content

धनगढी न्यूज

Day: January 2, 2026

ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘ढुक्क भए हुन्छ । पार्टी एकढिक्का रहन्छ । सद्‌भाव, सुशासन र समुन्नतिको दायित्व बोकेको पार्टी नेपाली कांग्रेस सिङ्गो समाजलाई गाँसेर जान्छ । विभाजन हुँदैन ।’ उनले कांग्रेस विभाजन हुन्छ भन्ने सोच्दै नसोच्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । कांग्रेसमा अहिले देखिएको विवाद समाधान गर्न गाह्रो नभएको शर्माको भनाइ थियो । ‘सबै कुरा मिलाउन सक्ने ताकत राख्ने कांग्रेस, पार्टीभित्रको विवाद सहजै मिलाउन सक्छ । मिलाउँछ,’ शर्माले भने ।रातोपाटी बाट साभार
Read More
‘पुस मसान्तसम्म सेवाग्राहीलाई हदम्याद, म्याद र तारिख थाम्ने सुविधा दिनू’

‘पुस मसान्तसम्म सेवाग्राहीलाई हदम्याद, म्याद र तारिख थाम्ने सुविधा दिनू’

१८ पुस, काठमाडौं । सर्वोच्च अदालतले आगामी पुस मसान्तसम्म अदालतका सेवाग्राहीहरूले गुज्रिएको म्याद लिन पाउने सुविधा दिने भएको छ । जेनजी आन्दोलनका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेका कैयौं मुद्दाको फाइल नष्ट भएको थियो । ती मुद्दाका कतिपय पक्षहरूले म्याद लिएका थिए भने कतिपयको म्याद गुज्रिएको थियो । म्याद गुजारेका सेवाग्राहीहरुको हकमा अन्योल थियो । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले एक आन्तरिक प्रतिवेदनमाथि सम्बोधन गर्दै अदालतबाट सूचना प्रवाह भएको ६० दिनभित्र म्याद बुझ्न पाउने व्यवस्था गरेको हो । आगजनीबाट सबैजसो मुद्दाको मिसिल जलेर नष्ट भएकाले सर्वोच्च अदालतले हदम्याद, म्याद र तारिखका लागि मंसीर मसान्तसम्मको समयसीमा तोकेको थियो । त्यतिबेला नै सूचना…
Read More
उपभोक्ता समितिलाई किन मन पराउँदैन प्रदेश सरकार?

उपभोक्ता समितिलाई किन मन पराउँदैन प्रदेश सरकार?

धनगढीः गत आर्थिक वर्षमा प्रदेश सरकारले अधिकांश योजना कोटेसनबाट कार्यान्वयन गरेको प्रदेशसभा सदस्य शिवसिंह ओलीको दाबी छ। उनले काँग्रेस र एमाले निकट ठेकेदारहरूलाई फोन गरेर सरकारले कोटेसनमा अधिकांश साना योजनाको काम गराएको सांसद ओलीको दाबी छ। प्रदेश सभा बैठकमा समेत सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समितिमार्फत् कार्यान्वयन हुने योजना कार्यान्वयनमा लगएको  बन्देजको सांसद ओलीले बिरोध गरेका थिए। उनले सरकारले सर्वोच्चको आदेशकै अवज्ञा गरेको बताएका थिए। जेन्जी विद्रोहपछि सरकारहरुमाथि खर्च घटाउनु पर्ने चौतर्फी दबाब थियो। त्यही जगमा सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्ले असोज १० गते खर्च कटौति गर्न विभिन्न निर्णय गरेको थियो। ती निर्णयहरुमा मुख्य गरी चालु आर्थिक वर्षको बजेटमा विनियोजित पुँजीगत निर्माणतर्फ…
Read More

एसपिए कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरको सह-सचिवमा बढुवा

विगत २३ वर्षदेखि सुदूर पश्चिमाञ्चल क्याम्पसमा कार्यरत प्रकाश बहादुर बलायरको सह-सचिव पदमा बढुवा भएको छ । क्याम्पस व्यवस्थापन समितिको निर्णय अनुसार बलायरलाई उप-सचिव पदबाट सह-सचिव पदमा बढुवा गरिएको जनाइएको छ । यही माघ १ गतेबाट लागु हुने गरि उक्त निर्णय गरिएको हो । आज आयोजित कार्यक्रममा बलायरलाई नियुक्ति पत्रसहित बधाई ज्ञापन गर्दै सुदूर पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख बुद्धराम चौधरीले शैक्षिक तथा प्रशासनिक दक्षताका आधारमा गरिने यस किमिमका बढुवाले शिक्षक तथा कर्मचारीको मनोबलमा थप उर्जाको विकास हुने बताउनु भयो । प्रशासनिक दक्षतामा अब्बल मानिएका बलायरले क्याम्पस व्यवस्थापन समितिले आफ्नो योगदानको कदर गर्दै गरेको यस निर्णयप्रति हृदयदेखि नै आभारी रहेको तथा आगामी…
Read More
फेरि नजिकिए नेकपा र माओवादी, एकताका लागि नेताहरू सघन छलफलमा

फेरि नजिकिए नेकपा र माओवादी, एकताका लागि नेताहरू सघन छलफलमा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकता गरेर जाने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा माओवादीबिच सघन छलफल सुरु भएको छ । कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० घटक मिलेर नेकपा बनेपछि विप्लव नेतृत्वको साबिक नेपाल कम्युनिस्ट पार्टी एकता प्रक्रियाबाट बाहिरिएको थियो । त्यसपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने समयमा विप्लवले नाम परिवर्तन गरी जनयुद्धकालीन नाम माओवादी राखेका थिए । तर, निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिस्ट पार्टीलाई घेराबन्दी गर्ने, कमजोर बनाउने र सखाप पार्ने हिसाबले षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै यी दुई पार्टी फेरि नजिकिएको स्रोतले दाबी गरेको छ । माघ ६ गते…
Read More
सशस्त्र युद्धपछि राजनीतिमा पछाडि परेकी सकिनाको पुनरागमन, नेकपाको समानुपातिक सूचीमा

सशस्त्र युद्धपछि राजनीतिमा पछाडि परेकी सकिनाको पुनरागमन, नेकपाको समानुपातिक सूचीमा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक सूचीमा नवीन अनुहार समेटेको छ। गत पुस १४ गते बुझाएको समानुपातिक बन्दसूचीमा यसअघि जिम्मेवारी नपाएकाहरू मात्र होइनन्, सशस्त्र द्वन्द्वमा सामेल भए पनि अवसर नपाएका सीमान्त अनुहार पनि समेटिएका छन्। तिनैमध्ये हुन् — सकिना मुस्लिम (कौशर जहाँ)। उनी २०५८ देखि २०६३ सालसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र संघर्षताका छापामार थिइन्। त्यति बेला उनको नाम रविना खान थियो। सशस्त्र द्वन्द्वभरि उनी यही नामबाट चिनिइन्। तत्कालीन अगुवा किरण डिसीले उनलाई माओवादी आन्दोलनमा समाहित हुन उत्प्रेरित गरेका थिए। कपिलवस्तुमा जन्मिएकी रविना त्यति बेला किशोर वयकी मात्र थिइन्। मुस्लिम समुदायमा जन्मे–हुर्केकी उनका लागि बाह्य संसार अपरिचित थियो। राजनीतिक…
Read More
देउवाले भने– पार्टी विभाजन नहोस् भन्ने चाहेको छु

देउवाले भने– पार्टी विभाजन नहोस् भन्ने चाहेको छु

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् । केन्द्रीय कार्यसमिति चलिरहँदा निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिएको समूह शुक्रबार बिहान सभापति देउवासँग महाराजगञ्जस्थित निवास पुगेको थियो । उक्त समूहमा रहेकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । उनकाअनुसार समूहले आजै (शुक्रबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्दैछ । ‘पहिला पनि…
Read More
बँदेल र बाँदरबाट हैरानी खेपेका डडेल्धुराका किसानहरु च्याउ खेती गर्दै

बँदेल र बाँदरबाट हैरानी खेपेका डडेल्धुराका किसानहरु च्याउ खेती गर्दै

डडेलधुराः डडेल्धुरामा जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानहरु च्याउ खेती गर्न थालेका छन्। पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले आफूले च्याउ खेतीबारे बुझेको बताउँदै जङ्गली जनावरले सताएका किसानका लागि च्याउ खेती राम्रो सम्भावना भएको उल्लेख गरे। थोरै जमिनमा टनेल निर्माण गरी राम्रो उत्पादनसँगै मनग्गे आम्दानी गर्न सकिने भएकाले जङ्गली जनावरको हैरानीबाट समेत किसानले मुक्ति पाउने उनको भनाइ छ ।…
Read More