Skip to main content

धनगढी न्यूज

Year: 2026

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख २२ हजार २२२ सहयोग गरेको छ। विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीले आफ्नो एक महिनाको तलबबाट तीन दिन बराबरको ८९ हजार ९ सय ६९ रुपैयाँ, विद्यार्थीहरूले खाजाबाट बचाएको ३९ हजार ५० रुपैयाँ, विद्यालयमा गठित जुनियर रेडक्रस कोषबाट १८ हजार २ सय ३ रुपैयाँ र विद्यालयको तर्फबाट ७५ हजार रुपैयाँ सहयोग गरिएको विद्यालयका निर्देशक नरेश बलायरले बताए। विद्यालयका तर्फबाट उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत कोषमा हस्तान्तरण गरिएको छ। प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला…
Read More
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा नयाँ शैक्षिक यात्राको शुभारम्भका रूपमा आयोजित कार्यक्रममा कलेजले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेकी नितिका अवस्थी र कलेजका पूर्वविद्यार्थी तथा चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान गरेको हो। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा व्यवस्थापन संकायतर्फ ३.९६ GPA हासिल गर्दै नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल नितिका अवस्थीलाई उनको असाधारण शैक्षिक उपलब्धि, मेहनत र लगनशीलताको कदरस्वरूप कलेजले सम्मान गरेको हो। नितिकाको उपलब्धिलाई एसपीए कलेजले आफ्ना विद्यार्थीको शैक्षिक उत्कृष्टताको गौरवका रूपमा लिएको छ। त्यस्तै, एसपीए कलेजको…
Read More
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Entrepreneurship, Nabil SSE ) को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व एसपीए कलेजका क्याम्पस प्रमुख बुधराम चौधरीले गरेका थिए। तीन महिनासम्म सञ्चालन गरिएको तालिममा सहभागी युवाहरूलाई सामाजिक उद्यमशीलता, व्यवसाय विकास, नेतृत्व क्षमता अभिवृद्धि, वित्तीय साक्षरता तथा नवप्रवर्तनका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो। समापन कार्यक्रममा नबिल बैंकका प्रदेश क्लस्टर प्रमुख अस्मिन कुमार बस्नेत, डेपुटी क्लस्टर प्रमुख तपेन्द्र कुँवर, विभिन्न स्रोत व्यक्तिहरु तथा छैटौँ व्याचका सहभागीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा एसपीए कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रकाश…
Read More
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् । मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन् । शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो । यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ । सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।
Read More
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो करिब १:२५ बजे धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो। स्थानीयले घटनाबारे १:३५ बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। दिउँसो करिब २:३० बजे प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी करिब २५ वर्षीय जनवीर बुढा रहेको खुलेको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये…
Read More
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। प्रहरीका अनुसार सुनुवार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन्। सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ। उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। सुनारको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। सुनुवारको सनाखत गर्न अहिलेसम्म कुनै पनि आफन्त सम्पर्कमा नआएको प्रहरी उपरीक्षक भट्टराईले बताए। दिनेश खबर बाट शाभार
Read More
धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्थापन संकायतर्फ ३.९६ हासिल गर्दै नेपाल प्रथम बनेकी छन्। यस उपलब्धिसँगै एसपीए कलेजले पुनः एकपटक राष्ट्रिय स्तरमा आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ। निरन्तर मेहनत, अनुशासन र अध्ययनप्रतिको समर्पणका कारण उनले कक्षा १२ मा पनि उत्कृष्ट नतिजा हासिल गर्दै देशकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएकी हुन् । एसपीए कलेजका लागि यो उपलब्धि नयाँ इतिहास भने होइन। यसअघि पनि मा.वि. तथा क्याम्पसका विभिन्न विद्यार्थीहरुले प्रदेश र नेपालकै उत्कृष्ट नतिजा ल्याउँदै कलेजलाई उत्कृष्ट कलेजका रुपमा चिनाउँदै आएका छन्। नीतिका अवस्थीले फेरि एकपटक त्यही…
Read More
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको उल्लेख गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए। नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए। प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए। यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनले बताए। बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए। अन्तर जातीय विवाहकै कारण…
Read More
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। रानीसैन–च्याँचौर लामापाटा क्षेत्रको सीमा विवादलाई लिएर गत जेठ ३ गते खार्पुनाथ गाउँपालिकाका स्थानीयले लामापाटामा बसोबास गर्दै आएका करिब १० परिवारमाथि आक्रमण गरी कुटपिट गरेका थिए। घटनापछि फरार रहेका उनीहरूको खोजी कार्य जारी रहेकामा प्रहरीले पक्राउ गर्न सफल भएको हो।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ परेकालाई थप अनुसन्धानका लागि बाजुरा ल्याउने प्रक्रिया भइरहेको छ। गत जेठको पहिलो सातादेखि हिमाली गाउँपालिकाको पहलमा प्रदेश सरकारको चार लाख रुपियाँको लागतमा लामापाटामा अस्थायी प्रहरी…
Read More
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्रिकेट मैदान, एथ्लेटिक्सका लागि चार सय मिटर ट्रयाक र हक्कीका लागि खेल मैदान निर्माण भइरहेको छ। जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा चालु आर्थिक वर्षमा खेल संरचना निर्माण भइरहेको बताए। जसका लागि क्रिकेट मैदानको माटो भरानका लागि ५० लाख, चार सय मिटर ट्रयाकका लागि २५ लाख र हक्की खेल मैदान निर्माणका लागि १५ लाख विनियोजन भएको छ। त्यस्तै बक्सिङ्ग प्रशिक्षण केन्द्रको जिर्णोद्धारमा समेत प्रदेश सरकारले काम गरिरहेको छ। आगामी आर्थिक बर्ष २०८३/८४ का लागि केन्द्र सरकारबाट यहाँ…
Read More