02
Jan
डडेलधुराः डडेल्धुरामा जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानहरु च्याउ खेती गर्न थालेका छन्। पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले आफूले च्याउ खेतीबारे बुझेको बताउँदै जङ्गली जनावरले सताएका किसानका लागि च्याउ खेती राम्रो सम्भावना भएको उल्लेख गरे। थोरै जमिनमा टनेल निर्माण गरी राम्रो उत्पादनसँगै मनग्गे आम्दानी गर्न सकिने भएकाले जङ्गली जनावरको हैरानीबाट समेत किसानले मुक्ति पाउने उनको भनाइ छ ।…






