03
Jan
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकारले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ। शुक्रबारसम्म ७ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएका छन्। जसबाट प्रहरीहरू पनि घाइते भएका छन्। शुक्रबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले इरानलाई चेतावनी दिएका हुन्। ‘इरानमा शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरूमाथि त्यहाँको सरकारले गोली चलाए र उनीहरुको हत्या गर्यो भने प्रदर्शनकारीको रक्षाका लागि अमेरिका आउनेछ,’ ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्। ट्रम्पको उक्त अभिव्यक्तिलाई तेहरानले कडा शब्दमा आपत्ति जनाएको छ। इरानको विदेश…






