04
Jan
कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको एक जंगली हात्तीले गाउँबस्तीमा पस्दै घर तथा अन्नबालीमा ठूलो क्षति पुर्याएको छ। मंसिर २० गते बिहान करिब ४ बजेको समयमा जंगली हात्ती गाउँबस्तीमा प्रवेश गरी स्थानीय बासिन्दाका घर, घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्याएको हो। घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ। स्थानीयवासी, नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ फर्काएको छ। शुक्रवार राति आएको हात्ती नै शनिवार राती गाउँमा पसेको स्थानीयले बताए। शुक्रवार राति सोही हात्तीले स्थानीय कमल गिरीको घरमा आक्रमण गरी धान लगायतको घरमा भण्डार गरेको अन्नपात खाएको थियो।…






