Skip to main content

धनगढी न्यूज

Year: 2026

बालेन पक्षबाट काे–काे बन्दैछन् रास्वपामा पदाधिकारी ?

बालेन पक्षबाट काे–काे बन्दैछन् रास्वपामा पदाधिकारी ?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा ४ पदाधिकारी थप गर्ने निर्णय भएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सह प्रवक्ता पद थप गर्ने निर्णय भएको हो । रास्वपासँग कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले एकता हुँदा थपिएको एक उपसभापति कुलमान घिसिङले लिने यसअघि नै सम्झौता भइसकेको छ । महामन्त्रीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) पक्षबाट इन्जिनियर सुनिल लम्साल बन्ने सम्भावना बलियाे छ । बालेन समूहले लम्सालको नाम प्रस्ताव गरेको छ । उनी मेयर बालेनका पूर्वाधार सल्लाहकार थिए । यस्तै  सहमहामन्त्रीमा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह बन्ने सम्भावना छ । थपिएको पदहरूमा दोस्रो वरीयतासहित कुलमान घिसिङ उपसभापति र सह…
Read More
अमेरिकाले आँखा लगाएको भेनेजुएलाको अपार तेल भण्डार, यस्ता छन् जान्नुपर्ने कुरा

अमेरिकाले आँखा लगाएको भेनेजुएलाको अपार तेल भण्डार, यस्ता छन् जान्नुपर्ने कुरा

अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको केही घन्टामै राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट पारे — अमेरिकी अपरेसनको एउटा मुख्य उद्देश्य भेनेजुएलाको तेलमाथि नियन्त्रण गर्नु हो। 'हामी विश्वकै सबभन्दा ठूला अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएला लैजाने छौं। उनीहरूले अर्बौं डलर खर्च गरेर बिग्रिएको तेल पूर्वाधार, विशेषगरी तेलसम्बन्धी संरचना मर्मत गर्ने छन् र देशका लागि आम्दानी सुरू गराउने छन्,' ट्रम्पले शनिबार पत्रकार सम्मेलनमा भने। मदुरोको पक्राउ र ट्रम्पका यी अभिव्यक्ति यस्तो समय आएका छन्, जब विश्वकै सबभन्दा ठूलो तेल भण्डारमध्ये एक रहेको भेनेजुएलामा लगानी गर्न ठूला तेल कम्पनीहरू हतोत्साहित छन्। उनीहरूले विगतमा भेनेजुएलामा काम गर्दा खराब अनुभव भोगेका थिए। शनिबारको सैन्य कारबाहीपछि…
Read More
संघीयतामा एकमत भएर अघि बढ्न रास्वपामा सहमति

संघीयतामा एकमत भएर अघि बढ्न रास्वपामा सहमति

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संघीयतालाई स्वीकार गरेर अघि बढ्न सबै पक्षबीच सहमति भएको छ । रास्वपाको रवि लामिछाने पक्षले विगतदेखि प्रदेश संरचनाप्रति विमति राख्दै आएको थियो । जुन विषयमा उज्यालो नेपाल पक्षका नेताहरूले स्पष्टताको आवश्यकता औंल्याएका थिए । दुवै पक्षका नेताबीच शनिबार राति र आइतबार बिहान भएको वार्तापछि यो एजेन्डामा एकमत भएर अघि बढ्ने सहमति जुटेको हो । पुस १४ मा पार्टी एकता भएपनि एजेन्डामा सहमति भएको थिएन । आज सहमति भएपछि विवाद सकिएको नेताहरूले दाबी गरेका छन् । एकता भएपनि उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ पक्षका नेताहरूले एजेन्डामा विमति जनाउँदै आएका थिए । ‘अब…
Read More
बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्कामा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर दीपक बिक्रम शाहसहित १४ जना र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठेक्का प्रक्रियामा सुरुदेखि नै मिलेमतो गरिएको पाइएको छ । प्रचलित कानुनविपरीत लक्षित बोलपत्रदातालाई ठेक्का दिन योग्यता शर्त तथा मापदण्ड बदनियतपूर्वक परिवर्तन गरिएको र बढी कबोल गर्ने बोलपत्रदातालाई स्वीकृत गरेर नगरपालिकालाई ठूलो आर्थिक हानी नोक्सानी पुर्‍याइएको आयोगको ठहर छ । यस प्रकरणमा अख्तियारले धनगढीस्थित जागृति/एमके/नेपाल जेभी, उक्त जेभीका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहविरुद्ध पनि कैद र बिगो मागदाबी…
Read More
शुक्लाफाँटा निकुञ्जबाट गाउँ पस्‍यो जंगली हात्ती, बेलडाँडीमा घर र खेतीमा क्षति

शुक्लाफाँटा निकुञ्जबाट गाउँ पस्‍यो जंगली हात्ती, बेलडाँडीमा घर र खेतीमा क्षति

कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको एक जंगली हात्तीले गाउँबस्तीमा पस्दै घर तथा अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ। मंसिर २० गते बिहान करिब ४ बजेको समयमा जंगली हात्ती गाउँबस्तीमा प्रवेश गरी स्थानीय बासिन्दाका घर, घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएको हो। घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ। स्थानीयवासी, नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ फर्काएको छ। शुक्रवार राति आएको हात्ती नै शनिवार राती गाउँमा पसेको स्थानीयले बताए। शुक्रवार राति सोही हात्तीले स्थानीय कमल गिरीको घरमा आक्रमण गरी धान लगायतको घरमा भण्डार गरेको अन्नपात खाएको थियो।…
Read More
रास्वपा–उनेपा एकता : सहमतिको एक हप्ता नपुग्दै चुलियो असन्तुष्टि

रास्वपा–उनेपा एकता : सहमतिको एक हप्ता नपुग्दै चुलियो असन्तुष्टि

पार्टी एकता सहमति भएको एक हप्ता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा)बिच विवाद चर्किएको छ । एकता सहमतिलाई बाइपास गरी रास्वपाले छलछाम र जालझेलको राजनीति गरेको आरोप उनेपाले लगाएको छ । साथै संघीयता र गणतन्त्रको विषयमा रास्वपाको प्रस्ट लाइन नआएसम्म एकता नहुने उनेपाका नेताहरूले बताएका छन् । निर्वाचन आयोगमा रास्वपाले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो तर्फबाट १८ जनाको नाम सिफारिस गरेको तर उनेपाको १४ जनाको मात्र नाम परेपछि ऊर्जामन्त्री समेत रहेका उनेपाका संरक्षक कुलमान घिसिङ रुष्ट बनेका छन् । उनेपाका एक नेताले संघीयता र गणतन्त्रको विषयमा रास्वपा नेतृत्वले प्रस्ट नपारेसँगै एकता वा सहकार्य हुन नसक्ने…
Read More
कांग्रेस–एमालेलाई ‘एक्जिट’ बिनाको सुरूङमा हाल्दै देउवा–ओली

कांग्रेस–एमालेलाई ‘एक्जिट’ बिनाको सुरूङमा हाल्दै देउवा–ओली

देशका दुई प्रमुख दल कांग्रेस र एमाले यति चाँडै यति विद्रुप अवस्थामा पुग्लान् भन्ने केही महिना अघिसम्म कसैले कल्पना गरेको थिएन। जेनजी आन्दोलनले केही घन्टाभित्रै यी दुई दलले नेतृत्व गरेको सत्ता धराशायी बनाइदियो। त्यसपछि कांग्रेस–एमालेले जसरी जबाफदेहिता वहन गर्नुपर्थ्यो र जसरी नयाँ परिस्थितिमा मुलुकलाई अघि बढाउन आफूहरूलाई पुनर्गठन गर्नुपर्थ्यो, त्यसमा उनीहरू पूरै चुकेका छन्। असफल भएका छन्। असफल भएका मात्र छैनन्, उनीहरू अहिले जेनजी आन्दोलनले चाहेको परिवर्तन भरसक रोक्नेमा अग्रसर छन्। नसके त्यसलाई नकार्ने र दुत्कार्नेमा पुगेका छन्। आफूलाई पूरापुर पुरातन शक्तिका रूपमा उभ्याउन उद्दत छन्। यसको नेतृत्व मुख्यतः एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। ओलीले डर र भर…
Read More
वीरगञ्जमा तनाव, मधेशभर बढाइयो सुरक्षा सतर्कता

वीरगञ्जमा तनाव, मधेशभर बढाइयो सुरक्षा सतर्कता

२० पुस, जनकपुरधाम । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ । धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा अधिकृतले ‘संवेदनशील परिस्थिति’का कारण सतर्कता बढाइएको बताए । केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरेका थिए । धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरुले प्रहरीको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको…
Read More
सीमाबाट अर्बौँ हुन्छ तस्करी, राज्य नागरिकलाई गोली दाग्छ

सीमाबाट अर्बौँ हुन्छ तस्करी, राज्य नागरिकलाई गोली दाग्छ

२०८२ पुस १७ गतेको मध्यरात । सुनसरीको कोशी गाउँपालिका–१ का सिटी सफारी चालक विजय साह ६–७ बोरा चिनी र केही चकलेट लोड गरेर भारतीय सीमाबाट फर्किँदै थिए, तर त्यो रात उनको अन्तिम रात बन्यो । सशस्त्र प्रहरीको गोली उनको छातीमा लाग्यो । प्रहरी यसलाई ‘दोहोरो फायरिङ’ भने पनि स्थानीयले भने लेनदेनको विवाद मानेका छन् । कोशी गाउँपालिका–१ का वडाध्यक्ष सोभित नारायण यादवका अनुसार विजय साह कुनै पेशेवर तस्कर नभई परिवारको गुजारा गर्ने एक साधारण चालक थिए । ‘ऊ विपन्न परिवारको मान्छे हो, सिटी चलाएर परिवार पालिरहेको थियो । उसका दुई छोरा, एक छोरी, श्रीमती र बिरामी आमा हुनुहुन्छ । ऊ…
Read More
हिमशिखर सहकारीको १७औँ वार्षिक साधारण सभा

हिमशिखर सहकारीको १७औँ वार्षिक साधारण सभा

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औँ साधारण सभा उद्घाटनसत्र आज सम्पन्न भएको छ । विभिन्न सरोकालाहरुको सहभागितामा उक्त साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका हाल धनगढी उप महानगरपालिका , गोदावरी न.पा. , गौरीगंगा न.पा. र कैलारी गा.पा. कार्यक्षेत्र रहेको समेत जानकारी गराइएको छ । संस्थाले कैलारी गाँउपालिकाको विसनपुरमा आफ्नै १२ कठ्ठा जमिनमा विउ प्रशोधन केन्द्र संचालनमा ल्याउने तयारीमा समेत रहेको व्यवस्थापकद्धारा प्रस्तुत वित्तिय विवरणमा जानकारी गराइयो । संस्थाका व्यवस्थापक महेन्द्र शाहिले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव.२०८०/०८१ मा कुल सम्पत्ति ७५ करोड २८ लाख ५३…
Read More