Skip to main content

धनगढी न्यूज

त्रिविको नतिजामा गडबडी : पास भइसकेकोमा लेखिदियो ‘फेल’

Advertisement

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् ।

कुँवरका अनुसार उनले २०७९ सालमा एलएलबी सेकेण्ड इयर (पुरानो कोर्स)मा पाँच विषयको परीक्षा दिएकी थिइन् । तीमध्ये तीन विषयमा पास र दुई विषयमा फेल भइन् ।

फेल भएका दुई विषय (क्रिमिनल ल र एभिडेन्स ल)को फारम भरेर पुन: परीक्षामा सहभागी भइन् । केही दिनअघि सार्वजनिक नतिजामा ती दुवै विषयमा पास पनि भइन् ।

तर दु:खको कुरा मार्कसिटमा पहिल्यै पास भइसकेको ‘पब्लिक इन्टरनेसनल ल’ विषय पनि उल्लेख गरी परीक्षामा अनुपस्थित भएको जनाइएको छ । अनि मार्कसिटको पुछारमा नतिजाको सार ‘फेल र अब्सेन्ट’ लेखिएको छ ।

‘रिजल्ट आएको थाहा पाएपछि मैले आइतबार राति अनलाइनमा चेक गरेँ । त्यसमा त पहिल्यै पास भइसकेको विषयमा पनि अब्सेन्ट लेखेर फेल जनाइएको रहेछ,’ उनले सोमबार बिहान अनलाइनखबरसँग भनिन्, ‘जबकी मैले पब्लिक इन्टरनेसनल ल विषयमा परीक्षा फारम भरेको पनि थिइनँ ।’

उनले आफ्नो पुरानो मार्कसिट र हालै सार्वजनिक नतिजाको विवरण फेसबुकमार्फत् सार्वजनिक गर्दै लेखेकी छन्, ‘टीयूको कमाल पहिला नै पास भइसकेको विषय राखेर जबर्जस्ती फेल गराएपछि के भन्ने खै ?’

कौशिला कुँवरले फेसबुकमा सार्वजनिक गरेको मार्कसिट

के भन्छन् परीक्षा नियन्त्रक ?

त्रिविका परीक्षा नियन्त्रक प्रा.डा. लक्षमण पौडेलले परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट भएको गल्ती सच्याइने बताउँछन् । ‘हाम्रो गल्ती भए सच्याइन्छ, त्यसका लागि सच्याउने प्रक्रियातिर जानुपर्‍यो,’ उनले भने ।

त्यसका लागि सम्बन्धित विद्यार्थीले पहिला पास भइसकेको मार्कसिटसहित निवेदन पेस गर्नुपर्ने उनले बताए । तर त्यसका लागि आवेदन दस्तुर तिर्नुपर्ने लगायतका प्रक्रिया भने पूरा गर्नुपर्ने उनको भनाइ छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट हुने गल्तीबाट विद्यार्थीहरुले सास्ती पाउने गरेको गुनासो पटक–पटक आउने गरेको छ । पत्रकार कुँवर भन्छिन्, ‘मजस्ता हजारौं विद्यार्थीहरु परीक्षा नियन्त्रण कार्यालयले गर्ने गल्तिका कारण सास्ती भोग्नुपरेको छ । यस्ता गल्ती अब नगरिदिए हुन्थ्यो ।’

अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...