Skip to main content

धनगढी न्यूज

Day: January 5, 2026

राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दलले यसरी गर्दै छन् उम्मेदवार बाँडफाँट

राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दलले यसरी गर्दै छन् उम्मेदवार बाँडफाँट

नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन्। यो समझदारीलाई अन्तिम रूप दिन सोमबार राति दुई पार्टीका शीर्ष तहका नेता छलफलमा जुट्न लागेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। नेता बस्नेतका अनुसार सोमबार बिहान कांग्रेस र एमालेबीच छलफल भएको थियो। त्यस छलफलमा सिट बाँडफाँट गरेर जाने समझदारी भएको उनले बताए। 'राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले मिलेर जाने समझदारी यसअघि नै थियो। आधा–आधा सिट (९–९) बाँड्ने सहमति भएको हो। आइतबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँगको भेटपछि मधेसवादी दलसहित सबै पार्टी मिलेर जाऔं भन्ने कुरा भएको छ,' उनले भने, 'टुंगो लागिसकेको छैन। आज बेलुका…
Read More
भक्तपुरमा आफ्नै कन्चटमा गोली हानेर आत्महत्या

भक्तपुरमा आफ्नै कन्चटमा गोली हानेर आत्महत्या

२१ पुस, काठमाडौं । भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई रहेको छन् । उनी सुरक्षाकर्मी हुन् वा सर्वसाधारण हुन् भन्ने यकिन हुन बाँकी नै रहेको छ । घटनास्थलमा अहिले प्रहरी वृत्त ठीमीको टोली पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । मध्यपुर ठिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ । दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा ४० वर्षीय राईले कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेको…
Read More
बैतडीमा दुई भाइ भण्डारी र दुई भाइ चन्द चुनाव लड्ने दौडमा

बैतडीमा दुई भाइ भण्डारी र दुई भाइ चन्द चुनाव लड्ने दौडमा

बैतडी: बैतडीमा दुई भाइ भण्डारी र चन्दबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको छ। बैतडीबाट दामोदर भण्डारी र हरिमोहन भण्डारी तथा चतुरबहादुर चन्द र भुपेन्द्र चन्दले एक-आपसमा चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। नेकपा एमाले बैतडीले आगामी निर्वाचनका लागि निवर्तमान मन्त्री तथा एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीको एकल सिफारिस गरेको छ। जिल्ला कमिटीको नवौं पूर्ण बैठकले भण्डारीलाई प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागि सिफारिस गरेको हो। जेन्जी आन्दोलन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेको भण्डारीले २०७० सालको संविधान सभाको निर्वाचन यता निरन्तर तीनवटा चुनावमा विजय हासिल गरेका उम्मेदवार हुन्। उनलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमालेका जिल्ला अध्यक्ष नरेश विकले बताए। जिल्ला…
Read More
चुनावी तालमेलको विषयमा कांग्रेस, एमाले र नेकपा सहमति नजिक

चुनावी तालमेलको विषयमा कांग्रेस, एमाले र नेकपा सहमति नजिक

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल अन्तिम चरणमा पुगेको छ । जेनजी विद्रोहका कारण सत्ता गुमाएका कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचन, संसद् पुनर्स्थापना नभए फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा निरन्तर छलफलमा छन् । पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी समेत चुनावी तालमेल र सहकार्यको विषयमा सहभागी भएको स्रोतको दाबी छ । कांग्रेस उच्च स्रोतका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई समेत सहभागी गराउने विषयमा लगभग सहमति नजिक पुगेको छ । सोमबार साँझसम्म भागबन्डा टुङ्गो लगाउने गरी…
Read More
इशानको शव १९ दिनदेखि अस्पतालमै, किन बुझ्न मानेनन् परिवारले? भगवती पाण्डे भगवती पाण्डे बुटवल, पुस २१

इशानको शव १९ दिनदेखि अस्पतालमै, किन बुझ्न मानेनन् परिवारले? भगवती पाण्डे भगवती पाण्डे बुटवल, पुस २१

रूपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा रहेको १९ दिन पुग्यो। रूपन्देही प्रहरीले इशानको मृत्यु गाडीको ठक्करबाट भएको भनेको छ। तर इशानको परिवारले भने इशानको हत्या भएको दाबी गर्दै आएको छ। इशानलाई ठक्कर दिने गाडी, त्यसका चालक र गाडी भगाउन सहयोग गर्ने व्यक्तिलाई समेत पक्राउ गरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। तर आफन्त र परिवारले हत्या भएको भन्ने दाबी नछाडेपछि घटना थप पेचिलो बनेको छ। कञ्चन गाउँपालिका-३ धौलागिरि टोलका इशान गत पुस २ गते विद्यालयमा तेक्वान्दो सिकाएर घर फर्किएका थिए। घर फर्किएपछि उनी साँझ साढे ५ बजेतिर साथीहरूसँग जिम जाने भन्दै घरबाट थकाली चोकतिर…
Read More
त्रिविको नतिजामा गडबडी : पास भइसकेकोमा लेखिदियो ‘फेल’

त्रिविको नतिजामा गडबडी : पास भइसकेकोमा लेखिदियो ‘फेल’

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् । कुँवरका अनुसार उनले २०७९ सालमा एलएलबी सेकेण्ड इयर (पुरानो कोर्स)मा पाँच विषयको परीक्षा दिएकी थिइन् । तीमध्ये तीन विषयमा पास र दुई विषयमा फेल भइन् । फेल भएका दुई विषय (क्रिमिनल ल र एभिडेन्स ल)को फारम भरेर पुन: परीक्षामा सहभागी भइन् । केही दिनअघि सार्वजनिक नतिजामा ती दुवै विषयमा पास पनि भइन् । तर दु:खको कुरा मार्कसिटमा पहिल्यै पास भइसकेको ‘पब्लिक इन्टरनेसनल ल’ विषय पनि उल्लेख…
Read More
कैलाली–२ मा एमाले उम्मेदवार सिफारिस प्रति असन्तुष्टि, सूर्य बहादुर थापाको नाम छुटेपछि आपत्ति

कैलाली–२ मा एमाले उम्मेदवार सिफारिस प्रति असन्तुष्टि, सूर्य बहादुर थापाको नाम छुटेपछि आपत्ति

कैलाली: नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गर्ने क्रममा लोकप्रिय नेता सूर्य बहादुर थापाको नाम समावेश नगरेपछि असन्तुष्टि देखिएको छ। पार्टीले झपट रावल, कमला कुमारी ओली र महादेव बजगाईंको नाम सिफारिस गरेको जनाएको छ। तर लामो समयदेखि क्षेत्रीय राजनीतिमा सक्रिय, कार्यकर्ता र जनतामाझ लोकप्रिय मानिएका सूर्य बहादुर थापाको आकांक्षा हुँदाहुँदै पनि नाम छुटाइएकोप्रति उहाँका समर्थक तथा शुभेच्छुकहरूले आपत्ति जनाएका छन्। सूर्य थापा सँग निकट स्रोतका अनुसार उहाँले उम्मेदवारीको दाबी प्रस्तुत गर्नुभएको थियो। “उहाँको स्पष्ट दाबी हुँदाहुँदै पनि नाम सिफारिस नगरिनुमा हामी सहमत छैनौँ,” स्रोतले भन्यो। क्षेत्रमा विकासप्रेमी नेता तथा जनताका सुख–दुःखका साथीका रूपमा…
Read More