Skip to main content

धनगढी न्यूज

चुनावी तालमेलको विषयमा कांग्रेस, एमाले र नेकपा सहमति नजिक

Advertisement

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल अन्तिम चरणमा पुगेको छ । जेनजी विद्रोहका कारण सत्ता गुमाएका कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचन, संसद् पुनर्स्थापना नभए फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा निरन्तर छलफलमा छन् ।

पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी समेत चुनावी तालमेल र सहकार्यको विषयमा सहभागी भएको स्रोतको दाबी छ । कांग्रेस उच्च स्रोतका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई समेत सहभागी गराउने विषयमा लगभग सहमति नजिक पुगेको छ । सोमबार साँझसम्म भागबन्डा टुङ्गो लगाउने गरी दोस्रो तहका नेताहरू सक्रिय भएको बुझिएको छ ।

‘राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेल गर्ने विषयमा सहमति नजिक पुगेको छ । आज साँझसम्म टुङ्गो लाग्ला । तीन दलबिच चुनावी तालमेल गर्ने विषयमा कार्यवाहक सभापतिजीले छलफल गरिरहनुभएको छ’, स्रोतले भन्यो ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली एकता समाज भारतले आयोजना गरेको एकता सभा कार्यक्रममा भाग लिन अहिले नयाँ दिल्लीमा रहेका छन् । प्रचण्डले भारत जानु अगाडि एमालेका अध्यक्ष केपी ओलीसँग करिब आधा घण्टा छलफल गरेका थिए ।

दुई नेताबिच भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल तथा सहकार्यको विषयमा छलफल भएको थियो । तर नेकपाका नेता हरिबोल गजुरेलले अहिलेकै अवस्था एमालेसँग सहकार्य वा एकता भए आत्मघाती हुने बताएका छन् ।

‘देशव्यापी रूपमा नेकपाको माहौल राम्रो बन्दै गएको छ । यस्तो अवस्थामा एमालेसँग चुनावी तालमेल वा एकता गरिए आत्मघाती हुन्छ । त्यतातिर हामी लाग्न हुँदैन’, रातोपाटीसँग उनले भने ।

रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक समेत रहेका कुलमान घिसिङ एकजुट भएपछि कांग्रेस, एमाले र नेकपा दबाबमा रहेका छन् । पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गरी देउवा, ओली र प्रचण्ड नजिकिएका हुन् । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...