Skip to main content

धनगढी न्यूज

बालेन पक्षबाट काे–काे बन्दैछन् रास्वपामा पदाधिकारी ?

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा ४ पदाधिकारी थप गर्ने निर्णय भएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सह प्रवक्ता पद थप गर्ने निर्णय भएको हो ।

रास्वपासँग कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले एकता हुँदा थपिएको एक उपसभापति कुलमान घिसिङले लिने यसअघि नै सम्झौता भइसकेको छ ।

महामन्त्रीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) पक्षबाट इन्जिनियर सुनिल लम्साल बन्ने सम्भावना बलियाे छ ।

बालेन समूहले लम्सालको नाम प्रस्ताव गरेको छ । उनी मेयर बालेनका पूर्वाधार सल्लाहकार थिए । यस्तै  सहमहामन्त्रीमा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह बन्ने सम्भावना छ ।

थपिएको पदहरूमा दोस्रो वरीयतासहित कुलमान घिसिङ उपसभापति र सह प्रवक्ता पनि कुलमान पक्षलाई दिइने स्राेतले बतायाे । घिसिङ उपसभापति बन्ने यसअघि नै सहमति भइसकेकाे थियाे । स्राेतका अनुसार महामन्त्री र सहमहामन्त्री बालेन पक्षले लिने छ ।

बालेन भने कुनै पद नलिई प्रधानमन्त्रीको उम्मेदवार हुने भएका छन् । यद्यपि रास्वपासँग बालेन र कुलमान पक्षधरबाट ४० प्रतिशत पार्टीमा हिस्सा लिने र सोही अनुसार मिलाउने जिम्मेवारी बालेनले लिएका छन् ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...