04
Jan
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा ४ पदाधिकारी थप गर्ने निर्णय भएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सह प्रवक्ता पद थप गर्ने निर्णय भएको हो । रास्वपासँग कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले एकता हुँदा थपिएको एक उपसभापति कुलमान घिसिङले लिने यसअघि नै सम्झौता भइसकेको छ । महामन्त्रीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) पक्षबाट इन्जिनियर सुनिल लम्साल बन्ने सम्भावना बलियाे छ । बालेन समूहले लम्सालको नाम प्रस्ताव गरेको छ । उनी मेयर बालेनका पूर्वाधार सल्लाहकार थिए । यस्तै सहमहामन्त्रीमा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह बन्ने सम्भावना छ । थपिएको पदहरूमा दोस्रो वरीयतासहित कुलमान घिसिङ उपसभापति र सह…






