06
Jan
भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी अदालतमा लागुऔषध तस्करीसम्बन्धी गम्भीर अभियोगहरू सामना गरिरहेका छन्। तर विश्लेषकहरूका अनुसार उनलाई दोषी ठहर्याउन हतियार, लागुऔषध र अवैध धन आर्जनमा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने प्रमाणहरू प्रस्तुत गर्नुपर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै क्याराकासमा सैन्य आक्रमण गरी मदुरोलाई उनकै निवासबाट पक्राउ गरेका थिए। यो सैन्य कारबाहीपछि ट्रम्पले उनलाई 'कार्टेल अफ द सन्स' को प्रमुखका रूपमा चित्रण गरेका छन्। सोमबार न्यूयोर्कको अदालतमा मदुरोमाथि नार्को–आतंकवाद, कोकिन आयात षड्यन्त्र र हतियारसम्बन्धी चार अभियोग लगाइएको छ, जसमा मदुरोले आफू निर्दोष रहेको दाबी गरेका छन्। अभियोगपत्रमा मदुरोले लागुऔषध तस्करहरूलाई कूटनीतिक राहदानी बाँडेको उल्लेख छ। त्यस्तै, राष्ट्रपति भवनमा गुरिल्ला…






