Skip to main content

धनगढी न्यूज

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

Advertisement

धनगढीः कैलालीको गेटामा रहेको सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। मंगलबार शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो।

शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा डाक्टर खेमराज जोशीलाई नियुक्त गरेको सभाका सदस्य डाक्टर डम्बर पालले बताए।

यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरेको हो।

सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रार लागि तीन जनाको नाम सिफारिस गरेको थियो। रजिष्ट्रार लागि सिफारिस गरिएको दुई जनाको नाम वैकल्पिक सूचीमा राखिएको छ।

सिफारिस समितिले उपकुलपतिका लागि आवेदन नपरेपछि तेस्रो पटक सूचना जारी गरेपछि मात्रै दुई जनाको आवेदन परेको थियो। सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक र मङ्सिर २३ गते तेस्रो पटक आवेदन माग गरेको थियो।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...