06
Jan
नेकपा एमालेले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार टुंगो लगाउन थालेको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालसँगको छलफलपछि एमालेले सात सिट पाउने टुंगो लागेको छ। त्यसपछि एमालेले नाममा छलफल चलाउन थालेको हो। यद्यपि नामको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिएका छन्। कोशी प्रदेशमा एमालेले महिला लिने प्रारम्भिक सहमति भएको छ। एमालेले महिला क्लस्टर लिए त्यहाँबाट रोशनी मेचे वा केन्द्रीय सदस्य मेनुका काफ्लेमध्ये एक जना उम्मेदवार बन्ने टुंगो लागेको छ। मेचे ओली प्रधानमन्त्री हुँदा सचिवालयमा थिइन्। उनी झापाको लोपोन्मुख समुदायकी हुन्। काफ्लेको नाम प्रतिनिधि सभाको समानुपातिकको सूचीमा पनि छ। मधेस प्रदेशमा पनि एमालेले महिला लिने सहमति भएको…






