08
Jan
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याणबारे कुरा गर्न आफ्ना विदेशमन्त्री मार्को रूबिओलाई डेनमार्क पठाउने भएका छन्। भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच पुर्याएपछि हौसिएका ट्रम्पले ग्रिनल्याण्डलाई पनि आफ्नो अधीनमा ल्याउनका लागि सुरूवातमा कुटनीतिक तवरबाट पुनः पहल अगाडि बढाउन लागेका हुन्। ग्रिनल्याण्डमा स्वशासन छ। यहाँको रक्षा र विदेश मामिला भने डेनमार्कले हेर्छ। पहिलो कार्यकालदेखि नै ग्रिनल्याण्डलाई किनेर भए पनि अमेरिकी अधीनमा ल्याउनुपर्ने पक्षमा रहेका ट्रम्पले दोस्रो कार्यकालको सुरूवातमा पनि सोही विषयलाई विशेष प्राथमिकता दिएका थिए। पछिल्लो समय यो मुद्दाबारे त्यति धेरै चर्चा नभए पनि भित्रभित्रै ट्रम्प प्रशासनका अधिकारीहरूले ग्रिनल्याण्ड किन्ने सम्भावनाबारे अध्ययन गरिरहेका थिए। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले आगामी साता नै…






