Skip to main content

धनगढी न्यूज

स्कुलमा बेहोस भएर ढलेपछि खुल्यो बालिकामाथि बुवाले बलात्कार गरेको घटना

Advertisement

सरकारी वकिल कार्यालयले काठमाडौंमा एक पुरूषमाथि १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयले छोरीमाथि बलात्कार गरेको भन्दै ती पुरूषविरूद्ध ‘हाडनातामा जबर्जस्ती करणी’ मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

१३ वर्षीया बालिका बेहोस भएर स्कुलमा ढलेपछि उपचारका लागि वीर अस्पताल पुर्‍याउँदा उनीमाथि बलात्कार भएको खुलेको सरकारी वकिल कार्यालयले राखेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

सिन्धुपाल्चोक स्थायी घर भएका बालिकाको परिवार काठमाडौं कालिमाटीमा डेरा गरी बस्दै आएका थिए।

बालिकाको ३७ वर्षीय बुवा गाडी चलाउँछन्। आमा बिहान-बेलुका चिया बेच्छिन्। बालिकाको एक भाइ छ।

१३ वर्षीया बालिका कालिमाटीको एक विद्यालयमा कक्षा-७ मा पढ्छिन्। उनी घरकी जेठी हुन्। बुवाले गाडी चलाउन सिकाउने भन्दै विभिन्न ठाउँमा लिएर जाने गरेको बालिकाले सरकारी वकिल कार्यालयमा दिएको बयानमा बताएकी छन्।

‘गाडी चलाउन सिकाउने भनेर विभिन्न ठाउँमा लिएर जानुहुन्थ्यो, घुम्न जाँदा मेरो साथीहरूलाई गर्लफ्रेन्ड बनाइदिनुपर्‍यो भनेर भन्नुहुन्थ्यो,’ बालिकाले बयानमा भनेकी छन्, ‘मसँग यौन सम्बन्धी कुरा गर्ने जिस्किने, चिमाट्ने र शरीर छुने गर्नुहुन्थ्यो।’

ती पुरूषले पनि छोरीलाई साथी जस्तो व्यवहार गर्ने, गलफ्रेन्ड बनाउन, शरीरमा छुने र यौन सम्बन्धी कुरा गर्ने गरेको स्वीकार गरी बयान दिएका छन्।

बालिकाले भने बुवाले गरेको यौन दुर्व्यवहारबारे कसैलाई भन्न सकेकी थिइनन्। उनले सुरूआती दिनमा आफूलाई माया गरेको हो या दुर्व्यवहार गरेको भन्नेसमेत थाहा नभएको बताएकी छन्।

बुवाको व्यवहारबारे बालिका अन्यौल नै थिइन्।

२०८२ असोज १३ गते राति १२ बजेतिर घर फर्किँदा बालिका सुतिसकेकी थिइन्।

‘आमा सँगै सुतेको थिएँ, बुवाले खाटबाट उचालेर भुइँमा लगि कपडा खोलेर बलात्कार गर्नुभयो,’ बालिकाले बयानमा भनेकी छन्, ‘चिच्याउन खोज्दा मुख थुन्नुभयो।’

ती पुरूषले पनि आफूले छोरीलाई बलात्कार गरेको स्वीकारेका छन्।

प्रहरी समक्ष उनले आफूले छोरीलाई कसैलाई भनेमा मारेर फालिदिने धम्की दिएको पनि स्वीकारेका छन्।

त्यही डरले बालिकाले आमालाई पनि आफूमाथि भएको घटनाबारे सुनाउन सकेकी थिइनन्। दोस्रो दिन बुवाले माफी मागेर एउटा सेतो चक्की औषधि खुवाएको बालिकाको भनाइ छ।

‘बुवाले मारेर फालिदिने डरले कसैलाई भन्न सकेको थिइनँ। त्यसैले दोस्रो पटक पनि प्रयास गर्नुभयो,’ उनले भनेकी छन्।

बालिकाले बयानमा भनेअनुसार मंसिर १९ गते बिहान पुन: बलात्कारको प्रयास गरेका थिए। एक्लै भएको बेलामा बलात्कार गर्ने मनसायले बेडमा पल्टाई हात थुनेर प्रयास गर्दैगर्दा एक्कासि भाइले ढोका खोल्यो।

भाइले एक्कासि ढोका खोलेपछि बुवा कोठाबाट बाहिर निस्किएर गएको उनले बताइन्।

‘बुवाले पटक/पटक बलात्कार गर्न खोजेको कुराले भित्रभित्र डराइरहेको थिएँ। त्यही कुराले पीरले बेहोस भएर लडेछु,’ उनले भनिन्।

उनी मंसिर २१ गते दिन दिउँसो विद्यालयमै बेहोस भएकी थिइन्। विद्यालयमा बेहोस भएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएपछि स्कुलले उनकी आमालाई जानकारी गराएको हो।

‘अस्पतालमा पुगेपछि चिकित्सकहरूले पनि सोधिरहेका थिए। आमा भेटेपछि साँझ घटनाबारे सबै सुनाएको हुँ,’ बालिकाले भनेकी छन्।

उनले अस्पतालमा आमालाई घटनाबारे जानकारी गराएपछि कानुनी प्रक्रिया अगाडि बढेको हो। बालिकाको बुवालाई मंसिर २६ गते पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाएको थियो।

मुलुकी अपराध संहिता २०७४  दफा २२० हाडनाता करणी गर्न नहुनेको उपदफा (२) अनुसार जन्माउने आमा छोरोको वा बाबु छोरीको करणी भएमा जन्मकैदको सजाय हुने कानुनी प्रावधान छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...