Skip to main content

धनगढी न्यूज

बँदेल र बाँदरबाट हैरानी खेपेका डडेल्धुराका किसानहरु च्याउ खेती गर्दै

Advertisement

डडेलधुराः डडेल्धुरामा जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानहरु च्याउ खेती गर्न थालेका छन्।

पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले आफूले च्याउ खेतीबारे बुझेको बताउँदै जङ्गली जनावरले सताएका किसानका लागि च्याउ खेती राम्रो सम्भावना भएको उल्लेख गरे। थोरै जमिनमा टनेल निर्माण गरी राम्रो उत्पादनसँगै मनग्गे आम्दानी गर्न सकिने भएकाले जङ्गली जनावरको हैरानीबाट समेत किसानले मुक्ति पाउने उनको भनाइ छ ।  हाल नेपालका ७० जिल्लामा च्याउको व्यावसायिक खेती गरिँदै आएको र वार्षिक १४ हजार मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क रहेको उनले बताए।

केही वर्षयता डडेलधुराका ११ किसानले च्याउको व्यावसायिक उत्पादन गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरूले जानकारी दिए। उनका अनुसार डडेलधुरामा वार्षिक छ हजार सात सय किलोग्राम च्याउ उत्पादन हुने गरेको छ ।
बजारको समस्या नहुने भएकाले च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको उनले बताए। प्रतिकेजी चार सय रुपियाँसम्म किसानले पाउने भएकाले आम्दानीको राम्रो स्रोत च्याउ बन्दै गएको उनको भनाइ छ ।

हाल डडेलधुरामा ठुलो मात्रामा कन्ये प्रजाति र केही मात्रामा सिताके प्रजातिको च्याउ उत्पादन भइरहेको उनले जानकारी दिए।   दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...