Skip to main content

धनगढी न्यूज

संघीयतामा एकमत भएर अघि बढ्न रास्वपामा सहमति

Advertisement

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संघीयतालाई स्वीकार गरेर अघि बढ्न सबै पक्षबीच सहमति भएको छ । रास्वपाको रवि लामिछाने पक्षले विगतदेखि प्रदेश संरचनाप्रति विमति राख्दै आएको थियो । जुन विषयमा उज्यालो नेपाल पक्षका नेताहरूले स्पष्टताको आवश्यकता औंल्याएका थिए ।

दुवै पक्षका नेताबीच शनिबार राति र आइतबार बिहान भएको वार्तापछि यो एजेन्डामा एकमत भएर अघि बढ्ने सहमति जुटेको हो । पुस १४ मा पार्टी एकता भएपनि एजेन्डामा सहमति भएको थिएन । आज सहमति भएपछि विवाद सकिएको नेताहरूले दाबी गरेका छन् ।

एकता भएपनि उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ पक्षका नेताहरूले एजेन्डामा विमति जनाउँदै आएका थिए । ‘अब एजेन्डाको विवाद सकियो । मुद्दामा विवाद थियो त्यो पनि सकियो । हिजो राति र आज बिहान बसेर टुंगो लगाएका छौं,’ तत्कालीन उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम लामाले भने ।

संघीयतालाई सबैले स्वीकार गर्न सहमत भएको उनले बताए । ‘संघीय संरचना मानेर जाने, गणतन्त्र र संविधान स्वीकार गर्ने सहमति भएको छ,’ लामाले भने । उज्यालो पार्टीका नेताहरूले यि विषयमा रास्वपाले स्पष्ट पार्नुपर्ने माग राखेका थिए ।

 

यो पनि पढ्नुहोस

रास्वपाभित्र ‘उज्यालो’ खोज्न थाल्यो कुलमान पक्ष

 

शनिबार दोस्रो तहका नेता घण्टीघरमा वार्तामा बसेका थिए । वार्तामा उपसभापति स्वर्णिम वाग्ले, नेता शिशिर खानाल र कुलमान पक्षबाट जितराम लामा, राजु थापा र रामेश्वर श्रेष्ठ वार्तामा सहभागी थिए । साथै रवि लामिछाने, बानेन्द्र शाह र कुलमान घिसिङबीच पनि शनिबार वार्ता भएको थियो तीन नेताबीच वार्ता भएपछि एजेन्डामा पनि सहमति भएको हो ।

अब सबै तहमा समायोजनको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला जिल्लामा दुवै  पार्टीबीच समायोजनको प्रक्रिया अगाडि बढाउने सहमति जुटेको छ । सबै निकायमा उज्यालो पार्टीबाट करिब लगभग ३० प्रतिशतको दरले समायोजन हुने बताइएको छ । तर यसमा केही तलमाथि हुने नेताहरूको दाबी छ ।

रास्वपा स्रोतका अनुसार, केन्द्रीय सदस्य र पदाधिकारीमा प्याकेजमा सहमति गर्ने तयारी छ । ‘आज रातिसम्म प्याकेजमा सहमति हुन्छ,’ ती नेताले भने ।  समायोजनलाई निष्कर्षमा पुर्‍याउन महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति बनाइएको छ । यो समितिमा दुवैतर्फका नेताहरू रहनेछन् । समितिमा रहने सदस्यको नाम चयन गर्न बाँकी रहेको छ ।

रास्वपाले पार्टी एकतापछि बालेन र कुलमान पक्षलाई पनि समेटेर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्न पनि उपसमिति गठन गरेको छ । उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...