Skip to main content

धनगढी न्यूज

कैलाली–२ मा एमाले उम्मेदवार सिफारिस प्रति असन्तुष्टि, सूर्य बहादुर थापाको नाम छुटेपछि आपत्ति

Advertisement

कैलाली: नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गर्ने क्रममा लोकप्रिय नेता सूर्य बहादुर थापाको नाम समावेश नगरेपछि असन्तुष्टि देखिएको छ।

पार्टीले झपट रावल, कमला कुमारी ओली र महादेव बजगाईंको नाम सिफारिस गरेको जनाएको छ। तर लामो समयदेखि क्षेत्रीय राजनीतिमा सक्रिय, कार्यकर्ता र जनतामाझ लोकप्रिय मानिएका सूर्य बहादुर थापाको आकांक्षा हुँदाहुँदै पनि नाम छुटाइएकोप्रति उहाँका समर्थक तथा शुभेच्छुकहरूले आपत्ति जनाएका छन्।

सूर्य थापा सँग निकट स्रोतका अनुसार उहाँले उम्मेदवारीको दाबी प्रस्तुत गर्नुभएको थियो। “उहाँको स्पष्ट दाबी हुँदाहुँदै पनि नाम सिफारिस नगरिनुमा हामी सहमत छैनौँ,” स्रोतले भन्यो। क्षेत्रमा विकासप्रेमी नेता तथा जनताका सुख–दुःखका साथीका रूपमा परिचित थापाको नाम सिफारिस सूचीमा नपरेपछि समर्थकहरूले सामाजिक सञ्जालमार्फत पार्टी निर्णयप्रति चर्को प्रतिक्रिया जनाइरहेका छन्।

यस विषयमा जानकारी लिन क्षेत्रीय समन्वय कमिटी संयोजक धनञ्जय न्यौपानेलाई सम्पर्क गर्दा “यो कमिटीको निर्णय हो, बाँकी कुरा सचिवसँग बुझ्नुहोस्,” भन्दै फोन काटे। सचिवले भने कमिटीको निर्णय अनुसार भएको हो ४८ जना हामी कमिटीमा थियौ बहुमत सदस्य हरु बाट यी नाम हरु आए अनि ३ जनाको सिफारिस गरेका हौं।

“समर्थकहरूले सामाजिक सञ्जालमा भनेका छ्न  पार्टीको निर्णयलाई अपारदर्शी र एकलौटी भन्दै कडा आलोचना गरिएको छ। विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर पारिएको, योगदान र जनभावनाको कदर नगरिएको तथा गुटबन्दीका आधारमा सिफारिस गरिएको आरोप लगाइएको छ।

समर्थकहरूले राखेका मुख्य मागहरू यस प्रकार छन्
जनभावनाको कदर गर्दै सूर्य बहादुर थापालाई उम्मेदवार बनाइयोस्।
पार्टी विधान विपरीत गरिएको एकलौटी सिफारिस प्रक्रिया खारेज गरियोस्।
कार्यकर्ता र जनताको भावनासँग खेल्ने प्रवृत्ति बन्द गरियोस्।
समर्थकहरूले पार्टी नेतृत्वलाई समयमै निर्णय सच्याउन आग्रह गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित कमिटीले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...