Skip to main content

धनगढी न्यूज

पुस २७ मा कांग्रेस विशेष महाधिवेशन गर्न भृकुटीमण्डपमा तयारी तीव्र

Advertisement

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने निश्चित भएसँगै त्यस पक्षधर नेताहरू तयारीमा जुटेका छन्।

अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै स्थापना गरिएको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी अघि बढाइएको छ। महाधिवेशन व्यवस्थापन अन्तर्गत स्वयंसेवक परिचालनदेखि मञ्च निर्माणसम्मका कामहरू चरणबद्ध रूपमा सुरू गरिँदै छन्।

स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। उनले भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम सुरू हुने जानकारी दिए।

विशेष महाधिवेशन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको हो। यता, संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टर रणनीतिस्वरूप युवा भेला र केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेको छ।

हाल विशेष महाधिवेशन सचिवालयमा विभिन्न समितिमा रहेका नेताहरू आ–आफ्नो जिम्मेवारीअनुसार तयारीमा जुटिरहेका छन्। यसैबीच केही नेता तथा कार्यकर्ता भृकुटीमण्डप परिसरमा समेत भेला हुन थालेका छन्। विशेष महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्रको राजनीतिक तापक्रम थप चर्किँदै गएको छ।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...