Skip to main content

धनगढी न्यूज

सेती लोकमार्ग निर्माणका लागि ९३ करोडको बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढ्यो

Advertisement

धनगढी: सुदूरपश्चिमको समृद्धिको सपना बोकेको सेती लोकमार्ग सडकखण्ड निर्माण तथा स्तरोन्नतिका लागि ९३ करोड बजेट विनियोजन प्रक्रिया अगाडि बढेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेती लोकमार्गको दक्षिणी सडकखण्ड निर्माण तथा स्तरोन्नतिका लागि ९३ करोड बराबरको बहुवर्षीय ठेक्का गर्ने स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगमा पेश गरेको हो।

सेती लोकमार्गको दक्षिण खण्डमा कैलाली, अछाम, डोटी र बाजुरामा गरी २ सय चार किलोमिटर क्षेत्र समेटिएको छ।भौतिक पूर्वाधार मन्त्रालयले हाल सडक विभागबाट प्रस्ताव हुने गरी कार्यान्वयनमा रहेका अन्य ठेकेदार कम्पनीसँग दोहोरोपना नहुने र प्रचलित कानुन तथा स्वीकृत मापदण्डको अधिनमा आयोजना स्वीकृत प्रक्रिया अगाडि बढेको जनाएको छ।

त्यस्तै सेती लोकमार्ग टिकापुर लोडे-चैनपुर-ताक्लाकोट सडकको दक्षिणी खण्ड योजना अन्तर्गत १४ दशमलव ५० किलोमिटर सडकखण्डमा निर्माण तथा स्रोन्नति कार्य गर्न ९३ करोड बराबरको बहुवर्षीय ठेक्का गर्ने स्रोत सहमतिका लागि पुनः आयोगमा पठाएको जनाएको छ।मन्त्रालयले बहुवर्षीय ठेक्का गर्ने स्रोत सुनिश्चिताका लागि सिफारिस गरेसँगै अब राष्ट्रिय योजना आयोगले स्रोत सुनिश्चित पछि निर्माण तथा स्तरोन्नति कार्य सुरु गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाउने छ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक बर्षमा सेती लोकमार्ग निर्माणका लागि २५ करोड बढी रकम विनियोजन भएको भन्दै आयोजनालाई आगामी आवको बजेटमा समेत उच्च प्राथमिकता दिइने बताएको छ। त्यस्तै, सेती लोकमार्ग निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजनको मागसहित सामाजिक अभियान्ता हेमराज थापाले समेत भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए

थापाले आफूहरुले दिएको निवेदन स्वीकार गर्दै मन्त्री कुलमान घिसिङले सेती लोकमार्गको दक्षिणी खण्ड निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजन प्रक्रिया अगाडि बढाएको भन्दै धन्यवाद दिएका छन्।भारतको सीमावर्ती क्षेत्र कैलालीको टीकापुरस्थित तिकुने नाका हुँदै बौनियाबाट डोटी,अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य राखिएको यो लोकमार्ग, नेपाल–भारत–चीन त्रिदेशीय सम्बन्धलाई आर्थिक एवं भौगोलिक रूपमा नजिक ल्याउने महत्वपूर्ण कडी हो।

विकास, व्यापार र समृद्धिको ढोका खोल्ने अपेक्षासहित निर्माणमा लागेको यो सडकले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिमा प्रत्यक्ष सहभागी गराउने विश्वास गरिएको छ । तर यस सडकखण्ड आयोजना निर्माण कार्यले गति नलिँदा अधुरै रहेको छ।दिनेश खबर बाट साभार

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...