Skip to main content

धनगढी न्यूज

अछाममा सबैभन्दा बढी गरिबीको दर, दोस्रोमा बैतडी र तेस्रोमा बाजुरा

Advertisement

धनगढी: राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रवार सार्वजनिक गरेको “गरिबीको लघुक्षेत्र अनुमान-२०८२ प्रतिवेदनले सुदूरपश्चिम प्रदेशमा गरिबीको दर उच्च रहेको देखाएको छ। प्रतिवेदनले सबैभन्दा बढी गरिबीको दर भएका शिर्ष दस जिल्लाको सूचीमा सुदूरपश्चिम प्रदेशका मात्रै पाँच जिल्ला अटाएका छन्।

प्रतिवेदनले नेपालको समग्र गरिबीको दर २० दशमलव २७ प्रतिशत रहेको छ। तर सुदूरपश्चिमका सबै जिल्लामा नेपालको समग्र गरिबीको दरभन्दा उच्च गरिबी रहेको पाइएको छ।

अछाममा सबैभन्दा बढी गरिबीको दर, दोस्रोमा बैतडी
देशभरका सबैभन्दा बढी गरिबीको दर भएका दस जिल्लाको सूचीमा सुदूरपश्चिमका पाँच जिल्ला परेका छन्। सूचीको एक नम्बरमा रहेको अछाममा झण्डै पचास प्रतिशत जनसंख्या गरिब रहेको तथ्याङ्कले देखाएको छ। अछाममा दुई लाख २७ हजार ७१९ जनसंख्या रहेकोमा एक लाख १२ हजार ९०२ जना गरिब छन्, जुन ४९ दशमलव ५८ प्रतिशत हो।

मुलुकभर नै दोस्रो बढी गरिबीको दर भएको जिल्ला बैतडीमा ४८ दशमलव ६५ प्रतिशत गरिबीको दर छ। जिल्लाको कुल जनसंख्या दुई लाख ४१ हजार ४२३ मा एक लाख १७ हजार ४६३ जना गरिबको संख्या छ।

तथ्याङ्कमा बाजुरा देशभर नै गरिबीको दर बढी रहेको जिल्लको सूचीमा तेस्रो स्थानमा छ। बाजुरामा गरिबीको दर ४७ दशमलव ८१ प्रतिशत छन्। जिल्लामा एक लाख ३७ हजार ७३२ जनसंख्या रहेकामा ६५ हजार ८४७ जना गरिब रहेको पाइएको छ।

उच्च गरिबीको दर रहेको दस जिल्लाको सूचीमा डोटी पाँचौ स्थानमा छ। डोटीमा ४२ दशमलव ८१ प्रतिशत गरिबीको दर छ। डोटीको कुल जनसंख्या दुई लाख एक हजार ७७८ रहेकामा  गरिबको संख्या ८६ हजार ३७६ छ।

यस्तै, गरिबीको दर बढी हुने जिल्लाको सूचीमा नवौं स्थानमा रहेको बझाङ जिल्लामा गरिबीको दर ३८ दशमलव ८३ प्रतिशत छ। जिल्लाको कुल जनसंख्या एक लाख ८८ हजार ७२५ मध्ये गरिबको संख्या ७३ हजार २८९ छ।

यसैगरी दार्चुलामा गरिबीको दर ३८ दशमलव ८३ प्रतिशत छ। दार्चुलाको कुल जनसंख्या एक लाख ३२ हजार २२३ मध्ये गरिबको संख्या ७६ हजार २८९ छ।

तथ्यांकअनुसार डडेल्धुरामा गरिबीको दर ३३ दशमलव २७ प्रतिशत छ। डडेल्धुराको कुल जनसंख्या एक लाख ३८ हजार ५३८ मध्ये गरिबको संख्या ४६ हजार ८३ रहेको छ।

कैलालीमा गरिबीको दर २८ दशमलव २३ प्रतिशत छ। जिल्लाको कुल जनसंख्या ८ लाख ९९ हजार ५५१ मध्ये गरिबको संख्या दुई लाख ५३ हजार ९२८ छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम गरिबीको दर भएको कञ्चनपुर जिल्लामा गरिबीको दर २४ दशमलव ५२ छ। जिल्लाको कुल जनसंख्या पाँच लाख ११ हजार २१  मध्ये गरिबको संख्या एक लाख २५ हजार २८०  रहेको तथ्याङ्कमा उल्लेख छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...