Skip to main content

धनगढी न्यूज

२ घण्टादेखि शेरबहादुर देउवा र शेखर कोइरासहितको छलफल जारी

Advertisement

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालासहित नेताहरूको छलफल जारी छ ।

कोइरालाको सचिवालयका अनुसार पार्टीलाई एकढिक्का कसरी बनाउन सकिन्छ भन्नेबारे नेताहरूबीच छलफल जारी छ ।

छलफलमा कोइराला, देउवासँगै सहमहामन्त्री जीवन परियार र डा मिनेन्द्र रिजाल पनि सहभागी छन् ।

देउवालाई भेट्न कोइरालासहितका नेता साढे १ बजे महाराजगञ्ज पुगेका थिए ।

यसअघि आजै बिहान पनि कोइराला देउवालाई भेट्न पुगेका थिए । ‘बिहान सभापतिलाई भेट्न आएका थियौँ । एकछिनमात्रै छलफल भयो । त्यतिबेला सभापति राष्ट्रपतिज्यूलाई भेट्न जाने भनेर निस्किनुभयो,’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले अनलाइनखबरसँग भने, ‘नेताहरू फेरि साढे १ बजे आउनु भयो । छलफल अहिले जारी छ ।’

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन आह्वान गरेसँगै देउवासहितका नेताहरू त्यसलाई रोक्न लागिपरेका छन् । शेखर भने दुई पक्षलाई मिलाउने भन्दै छलफल गरिरहेका छन् ।

विशेष महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ ।अन्लाईन खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...