Skip to main content

धनगढी न्यूज

उज्यालो नेपाल पार्टी विभाजित, २० केन्द्रिय सदस्य सहित डा.जोशी रास्वपा तिर

Advertisement

कैलालीः उज्यालो नेपाल पार्टीका उपाध्यक्ष  एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने निर्णयमा पुगेका छन्।  रास्वपा र उज्यालो नेपाल पार्टीबीचपार्टी एकता भंग भएपनि उनीहरू एकताको पक्षमै अडिग रहेको बताइएको छ। डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक एवं दोस्रो वरियताका नेता हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएसँगै दुबै दलले आ–आफ्ना आकस्मिक बैठक बोलाएका छन्। एकता टुटेसँगै दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अध्यक्षमै रहने तयारीमा रहेको बताइए पनि पार्टीका केही केन्द्रीय सदस्यहरू भने एकताकै पक्षमा उभिने संकेत देखिएको छ।

“हामी एकताको पक्षमा छौँ, अब उज्यालो नेपालमा फर्किँदैनौँ,” उज्यालो नेपालका एक केन्द्रीय सदस्यले भने, “हामी रास्वपामै रहन्छौँ।”

उज्यालो नेपाल पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइसकेको भए पनि स्रोतका अनुसार तीमध्ये करिब २० जना केन्द्रीय सदस्यहरू एकताको निर्णयबाट पछि नहट्ने अडानमा छन्। उनीहरू हाल आन्तरिक छलफलमा जुटेको बताइएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...