Skip to main content

धनगढी न्यूज

निर्वाचन आयोगलाई हर्क साम्पाङको जबाफ- जाबो चुनाव प्रचार गर्न केटाकेटीको साहरा लिनु पर्दैन

Advertisement
निर्वाचन प्रचार प्रसारमा बालबालिका प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जबाफ दिएका छन्।

निर्वाचन आयोगलाई साम्पाङले दिएको जबाफमा बालबालिकाहरू ‘आमाबाबालाई पछ्याएर आएका हुन सक्ने’ उल्लेख गरेका छन्।

‘मलाई कुनै जानकारी छैन’, साम्पाङले निर्वाचन आयोगलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिकालाई ल्याएर कुनै पनि काममा अह्राएको छैन, फकाएर या डर धम्की या प्रलोभनमा पारेर कसैलाई नियतवश प्रचारमा लगाएको छैन! लाखौं समर्थक भएको मलाई जाबो चुनाव प्रचार गर्न कै लागि बालबालिका, केटाकेटीको साहरा लिनु पर्ने के नै खाँचो छ र !’

निर्वाचन आयोगले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरिएको भन्ने उजुरीका आधारमा साम्पाङलाई स्पष्टीकरण सोधेको थियो।

उनले बालबालिकाहरूले श्रम संस्कृति पार्टीको चुनाव चिह्न भएको टिसर्ट लगाएको विषयमा पनि अनभिज्ञता प्रकट गरेका छन्।

‘म हर्कराज राई (हर्क साम्पाङ) ले देश विकासमा सारा नेपालीलाई श्रमदान गर्न प्रेरित गरिरहेको यथार्थ देखेर मेरो फोटो राखेर टी-सर्टहरु छापी श्रमदाताहरूलाई दिँदा थप प्रेरणा र ऊर्जा मिल्छ भन्ना खातिर वैदेशिक रोजगारमा रहनुभएका नेपाली दाजुभाइ दिदीबैनीहरूले यहाँका श्रमदाताहरूलाई टी-सर्ट छापिदिने गरेको जानकारी गराउँदछु’, साम्पाङले भने, ‘केही अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई लिएर श्रमदानमा आएको देखेर विदेशमा बस्ने एक जना सहयोगीले बालबालिकालाई पनि दिनु भनेर टी-सर्ट सहयोग गरेको र टी-सर्ट बालबालिकाहरुले लगाएको भन्नेसम्मको मात्रै जानकारी पाएको, बुझेको छु।’

आफ्नो फोटो भएको टिसर्ट लगाएर बालबालिकादेखि वृद्धवृद्धासम्म प्रफूल्तित भएको र रमाएको भन्ने आफूले सुनेको साम्पाङले स्पष्टीकरण पत्रमा उल्लेख गरेका छन्।

उनले आफूलाई उजुरी गर्ने उजुरीकर्तासँग आफूले बालबालिकालाई प्रचार गर्न अह्राएको या फकाएर त्यस्ता कृत्यमा लगाएको, निर्देशन दिएको घटना पुष्टि हुने प्रमाण भए देखाउन चुनौती दिएका छन्।

‘उजुरीमा भने जस्तो कुनै धारा उपधाराको उलङ्घन नगरेको जानकारी गराउँदै उपलब्ध गराइएको श्रव्यदृष्य सबै सत्य नहुने साथै घटना र बस्तुको यथार्थ भन्दा भिन्न नाटकीय मात्र हुन सक्ने अवस्थाको जानकारी गराउँदछु’, साम्पाङले दिएको स्पष्टीकरण भनिएको छ, ‘जस्तो कि केही दिन पहिले ५२ करोड बुझेर निर्वाचन आयोगले एउटा दलको जिम्मा एउटा समूहलाई लगाएको भन्ने भ्रामक भिडिऔ सामाजिक संजालमा भाइरल भएको थ्यो! बदनाम गराउन चाहने गरी अनेक प्रकारका प्रविधि लगाई बदनियत बश लगाइएको पनि हुन सक्छ, त्यसैले मलाई या श्रम संस्कृति पार्टीलाई कारवाही गरिनु हुँदैन भन्ने जानकारी निवेदन गर्दछु।’सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...