Skip to main content

धनगढी न्यूज

कैलालीको बन्दगडामा मष्टा धाम निर्माण, माघ २३ गते प्राण प्रतिष्ठान

Advertisement

धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडाको कौसी गंगाको छेउमा ६५ बिघा जमिनमा मष्टा धाम निर्माण गरिएको छ।

धाम क्षेत्रलाई पाँच भागमा विभाजन गरेर मन्दिर लगायतका भौतिक संरचनाहरू निर्माण गरिएका हुन्। धाममा दुधे मष्टो र दाडे मष्टाका थानहरूसहित १२ वटै मष्टाका  शीलाहरू राखिने मष्टा धाम विकास समितिका अध्यक्ष गणेश जिवी साउँदले बताए।

उनले भने, ‘बन्दगडामा विश्वको एक मात्र मष्टा धाम बनाएका छौ। विश्वमा मष्टाको धाम छैन। पूजा गर्दै आएका मात्र छन्। ६५ बिघा क्षेत्रफल छ। माघ १९ गते शीला राख्छौ। मष्टा देवता पञ्जावको जलान्धरबाट पनि शीला ल्याएका छौ। माघ २३ गते प्राण प्रतिष्ठान गर्दैछौ।’

बन्दगडामा २०७५ सालदेखि मष्टा धाम निर्माण कार्य सुरु भएको थियो। धाम निर्माणका लागि स्थानीयले भूमि दान गरेका थिए। धाममा पश्चिमको महाकालीदेखि पूर्वमा त्रिशूली नदीका शीलाहरु ल्याइएको छ। भारतको पञ्जावबाट समेत शीला ल्याइएको जनाइएको छ।

मष्टा धाम व्यवस्थापन समितिका सचिव भीमबहादुर साउँदले भौतिक संरचना निर्माणको काम अझै जारी रहेको बताए। उनले भने, ‘यो धार्मिक क्षेत्र हो। हामीले दुधे मष्टो र राडे मष्टोको मन्दिर बनाएका छौ। पार्क बनाउनै छ। चार वटा थानहरू छन्। गणेश थान, कालिका थान बनाएका छौ। मष्टोको नाम फरक–फरक छ। सबैका लागि धाम बनाएका छौ। सबैको आस्थाको केन्द्र बनाउने हाम्रो लक्ष्य हो। सबैले यो धाममा पूजा गर्न सकुन। ११ फिटको मष्टा शीला बनाएका छौ।’

विकास समितिले धनगढीको शिवपुर धाम, बेहडाबाबा मन्दिर, गोदावरी धाम र मष्टा धामलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने योजना रहेको छ। मष्टा धाममा कुल पूजासहित धार्मिक पर्यटकहरू आउने अपेक्षा गरिएको हो। धाम निर्माणमा हालसम्म करिब तीन करोड खर्च भएको अध्यक्ष गणेश जीवी साउदले बताए।

उनले भने, ‘तीन करोड खर्च गरेका छौ। तामाले छायाको दुधु मष्टोको मन्दिर छ। एक दाडे मष्टको मन्दिर छ। शीलाहरू छन्। एक सभा हल बनाउदैछौ। माथि छत लगाउन बाँकी छ।’ धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने मष्टा धामममा रुद्री पाठसहित  माघ २३ गते प्राण प्रतिष्ठान गरिने जनाइएको छ ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...