Skip to main content

धनगढी न्यूज

Day: January 30, 2026

कैलाली जनपुस्तकालयद्धारा अन्तर मा. वि. वक्तृत्व प्रतियोगिता सम्पन्न

कैलाली जनपुस्तकालयद्धारा अन्तर मा. वि. वक्तृत्व प्रतियोगिता सम्पन्न

कैलाली जनपुस्तकालयले आफ्नो ६८ औं वार्शिकोत्सव अवसर पारेर आज माघ १६ गते अन्तर मा. वि. वक्तृत्व प्रतियोगिता आयोजना गरेको छ । वक्तृत्व प्रतियोगिताको शिर्षक " सहिदको सपना र रास्ट्र निर्माणमा जेन्जी पुस्ताको भूमिका " रहेको थियो । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका चौध ओटा बिद्यालयहरु सहभागी रहेको प्रतियोगितामा सुदूरपश्चिमान्चल एकेडेमीका निकिता अवस्थी प्रथम, एरिस्टो इङ्लिस बोर्डिङ स्कुलका प्रतिभा जोशी द्वितीय, कैलाली बिद्या निकेतनका दीक्षा जोशी  तृतीय भएका थिए ।  प्रतियोगितामा  शारदा मा. वि. का जगन्नाथ जोशीले सान्त्वना स्थान ल्याउन सफल हुनुभएको थियो । वक्तृत्व प्रतियोगितामा बिजयी हुने बिद्यार्थीहरुलाइ पुस्तकालयको ६८ औं वार्शिकोत्सव समारोहमा यहि माघ २५ गते आइतबारका दिन  नगद…
Read More
संसद् बैठक कहाँ बस्छ ?

संसद् बैठक कहाँ बस्छ ?

काठमाडौँ । नेपालमा दोस्रो जनआन्दोलनको सफलतापछि २०६४ सालमा ६०१ सदस्यीय संविधान सभाको निर्वाचन भयो । त्यति ठुलो सङ्ख्यामा जननिर्वाचित प्रतिनिधि अटाउने हल सिंहदरबारभित्र थिएन । विकल्पको रूपमा सरकारले चिनियाँ सहयोगमा निर्मित नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लियो । त्यो भवन नेपालको गणतन्त्रात्मक इतिहासको साक्षी बन्न पुग्यो । त्यहीँबाट राजतन्त्र अन्त्यको घोषणा भयो । त्यहीँबाट संविधान सभाका बैठक सञ्चालन भए । २०७२ असोज ३ मा नेपालको नयाँ संविधान त्यही भवनबाट जारी भयो ।   संविधान जारी भएपछि पनि सङ्घीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोही भवनमा सञ्चालन हुँदै आएको थियो । झन्डै दुई दशक संसदीय अभ्यासको केन्द्र बनेको…
Read More
विकेटकिपिङ गर्ने नेपाली टिमका भरपर्दा ओपनर आसिफ

विकेटकिपिङ गर्ने नेपाली टिमका भरपर्दा ओपनर आसिफ

टी-२० विश्वकप २०२६ विशेष आइसिसी टी-२० विश्वकप २०२६ मा को अन्तिम तयारीका लागि नेपाली टिम अहिले मुम्बईमा छ। १५ सदस्यीय नेपाली टिमका मुख्य विकेटकिपर आसिफ शेखले भारत र श्रीलंकामा हुने दशौं संस्करणको विश्वकपसँगै आफ्नो दोस्रो विश्वकपको अनुभव लिनेछन्। यसअघि सन् २०२४ मा  अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेका आसिफ नेपाली टिमको ओपनिङमा कुशल भुर्तेलसँगै खेल्ने पक्का जस्तै छ। यहाँ उनै विकेटकिपर ब्याटर आसिफ शेखबारे चर्चा गरिएको छ— पूरा नाम : मोहमद आसिफ शेख जन्म : जुन २२, २००१, वीरगन्ज उमेर : २४ वर्ष ब्याटिङ शैली : दाहिने हाते ब्याटर भूमिका : विकेटकिपर ब्याटर नाता : आरिफ शेख (दाइ) टी-२० आई…
Read More
कागजमा फल्ने सुपारीको अर्थशास्त्र : नीतिगत विचलनदेखि कूटनीतिक दरारसम्म

कागजमा फल्ने सुपारीको अर्थशास्त्र : नीतिगत विचलनदेखि कूटनीतिक दरारसम्म

नेपालको अन्तर्राष्ट्रिय व्यापारको वर्तमान परिदृश्य र तथ्याङ्कका पानाहरू पल्टाएर हेर्दा, विशेषगरी कृषिजन्य वस्तुहरूको व्यापारमा एउटा गम्भीर र विरोधाभासपूर्ण चित्र हाम्रोसामु आउँछ। एक कृषि-प्रधान मुलुकको हैसियतले हामी आफ्ना छिमेकी मित्रराष्ट्रहरूमा कृषिजन्य उपजहरूको निकासी बढोस् र व्यापार घाटा कम होस् भन्ने अपेक्षा राख्दछौं। तर सुपारी, मरीच र केराउ जस्ता वस्तुहरूको पछिल्लो तथ्याङ्क – विशेषगरी २०७६ सालयताको – विश्लेषण गर्दा ठीक विपरीत प्रवृत्ति देखा पर्दछ। भन्सार विभागका तथ्याङ्कहरूले अचम्मका ‘तथ्याङ्कीय खाडल’ (Statistical Gap) देखाएका छन्- जहाँ वैधानिक बाटोबाट हुने निकासीको ग्राफ लगभग शून्य वा नगण्य अवस्थामा झरेको छ, तर तेस्रो मुलुकबाट हुने आयातको ग्राफ भने आकासिएकै अवस्थामा रहेको छ। नेपालको भौगोलिक अवस्था र…
Read More
कैलालीको बन्दगडामा मष्टा धाम निर्माण, माघ २३ गते प्राण प्रतिष्ठान

कैलालीको बन्दगडामा मष्टा धाम निर्माण, माघ २३ गते प्राण प्रतिष्ठान

धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडाको कौसी गंगाको छेउमा ६५ बिघा जमिनमा मष्टा धाम निर्माण गरिएको छ। धाम क्षेत्रलाई पाँच भागमा विभाजन गरेर मन्दिर लगायतका भौतिक संरचनाहरू निर्माण गरिएका हुन्। धाममा दुधे मष्टो र दाडे मष्टाका थानहरूसहित १२ वटै मष्टाका  शीलाहरू राखिने मष्टा धाम विकास समितिका अध्यक्ष गणेश जिवी साउँदले बताए। उनले भने, ‘बन्दगडामा विश्वको एक मात्र मष्टा धाम बनाएका छौ। विश्वमा मष्टाको धाम छैन। पूजा गर्दै आएका मात्र छन्। ६५ बिघा क्षेत्रफल छ। माघ १९ गते शीला राख्छौ। मष्टा देवता पञ्जावको जलान्धरबाट पनि शीला ल्याएका छौ। माघ २३ गते प्राण प्रतिष्ठान गर्दैछौ।’ बन्दगडामा २०७५ सालदेखि मष्टा धाम निर्माण कार्य सुरु भएको…
Read More