Skip to main content

धनगढी न्यूज

विकेटकिपिङ गर्ने नेपाली टिमका भरपर्दा ओपनर आसिफ

Advertisement

टी-२० विश्वकप २०२६ विशेष

आइसिसी टी-२० विश्वकप २०२६ मा को अन्तिम तयारीका लागि नेपाली टिम अहिले मुम्बईमा छ।

१५ सदस्यीय नेपाली टिमका मुख्य विकेटकिपर आसिफ शेखले भारत र श्रीलंकामा हुने दशौं संस्करणको विश्वकपसँगै आफ्नो दोस्रो विश्वकपको अनुभव लिनेछन्।

यसअघि सन् २०२४ मा  अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेका आसिफ नेपाली टिमको ओपनिङमा कुशल भुर्तेलसँगै खेल्ने पक्का जस्तै छ।

यहाँ उनै विकेटकिपर ब्याटर आसिफ शेखबारे चर्चा गरिएको छ—

पूरा नाम : मोहमद आसिफ शेख

जन्म : जुन २२, २००१, वीरगन्ज

उमेर : २४ वर्ष

ब्याटिङ शैली : दाहिने हाते ब्याटर

भूमिका : विकेटकिपर ब्याटर

नाता : आरिफ शेख (दाइ)

टी-२० आई डेब्यू : नेपाल विरूद्ध नेदरल्याण्ड्स, कीर्तिपुर — अप्रिल १७, २०२१

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरे पनि आसिफ शेखले राष्ट्रिय टिममा स्थान बनाउन कुर्न पर्‍यो।  १६ वर्षकै उमेरमा घरेलु क्रिकेटमा सनसनी मच्चाएका थिए आसिफले। तर राष्ट्रिय टोलीको यात्रा भने घरेलु क्रिकेटको प्रदर्शनले मात्र सहज हुन सकेन।

आसिफले २०७३ सालमा भएको एभरेष्ट प्रिमियर लिगको फाइनलमा सनसनी मच्चाएका थिए।

त्यतिबेला १६ वर्षे आसिफले पञ्चकन्या तेजका लागि खेल्दा फाइनल खेलमा शतक बनाएका थिए। आसिफले १११ रन बनाएको खेलमा पञ्चकन्याले कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै उपाधि जितेको थियो।

शेख वीरगञ्जका हुन्। उनका बुबा मोहमद सलाम शेख पेसाले मेकानिकल इन्जिनियर हुन्। उनी वीरगन्जमा मोटरसाइकल ग्यारेज चलाउँछन्।

आसिफले नेपालको उमेर समूहमा यू-१६ र यू-१९ खेल्दै राष्ट्रिय टोलीमा स्थान बनाए। आरिफ र आसिफ नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने दोस्रा दाजु-भाइ हुन्।

विराटनगरका मञ्जित र युनिल श्रेष्ठको दाजु-भाइ जोडीले पनि नेपाली राष्ट्रिय टिमबाट खेलेका थिए। श्रेष्ठ दाजु-भाइले सन् २००२ मा हङकङमा भएको तीनदिवसीय प्रतियोगिता खेलेका थिए।

आफिसले दाइ आरिफ शेखसँगै क्रिकेट खेल्न सुरू गरेका हुन्। दाइको साथी सर्कलका कारण उनी क्रिकेट वातावरणमा हुर्किए, दाइका लागि बलिङ गर्दै क्रिकेटर बने।

राष्ट्रिय टोलीमा पर्न संघर्ष गरेका आसिफले सन् २०२१ मा एकदिवसीय र टी-२० टोलीमा डेब्यू गरेका थिए।

उनले अर्का ओपनर कुशल भुर्तेलसँगै डेब्यूको मौका पाएका थिए। तत्कालिन प्रशिक्षक डेभ वाटमोरले कुशल र आसिफलाई ओपनिङ गराएका थिए। जुन जोडी निकै सफल भयो।

त्यसअघि नेपाली ब्याटिङको समस्या ‌ओनपिङ जोडीको थियो। ओपनिङका लागि नेपाली प्रशिक्षकले अनेक प्रयोग गर्न परेको थियो।

एक जना नचले पनि अर्को चल्ने हुँदा हाल कुशल र आसिफको जोडी नै नेपाली राष्ट्रिय टोलीको आधार हुने गरेको छ।

सन् २०२२ मा उनी आइसिसीको अवार्डका कारण चर्चामा रहे। उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र मेरिलेबोन क्रिकेट क्लबले उनलाई स्पिरिट अफ क्रिकेट अवार्ड दिएको थियो।

फेब्रूअरी २०२२ मा आयरल्यान्डविरूद्धको देखाएको खेल भावनाको कदर गर्दै अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो।

१४ फेब्रूअरी २०२२ मा ओमानमा भएको टी-२० सिरिजको छैटौं खेलमा नेपाल र आयरल्यान्ड भिड्दै थिए। ओमानको अल अमेरतमा पहिलो इनिङ्ग्समा नेपालले आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट नगरेपछि आसिफको त्यतिबेला नै प्रशंसा भएको थियो।

१९ औं ओभरको दोस्रो बलमा नेपालका कमलसिंह ऐरीले बलिङ गरिरहेका थिए। सो बलमा रन लिने क्रममा ननस्ट्राइकमा रहेका ब्याट्सम्यान एन्डी म्याकब्राइन ऐरीसँग ठोक्किन पुगे।

त्यतिबेलासम्म नेपालका विकेटकिपर‍ आसिफ शेखको हातमा बल पुगिसकेको थियो। उनले चाहेको भए म्याकब्राइनलाई आउट गर्न सक्थे। तर आउट गरेनन्।  हातमा आएको बललाई भुइँमा झारिदिए। यो दृष्यलगत्तै कमेन्टेटरले आसिफको खुलेरै प्रशंसा गरेका थिए।

नेपाली टोलीको पहिलो रोजाइका विकेटकिपर आसिफ आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाली टोलीका महत्वपूर्ण खेलाडी हुन्। ब्याटिङसँगै उनको किपिङ विश्वकपको खेलमा नेपालका लागि मुख्य हिस्सा हुने पक्का छ।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...