Skip to main content

धनगढी न्यूज

चितुवाभन्दा फुर्तिला ‘टाइगर’ दीपेन्द्र

Advertisement

टी-२० विश्वकप २०२६ विशेष

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाली टोलीले सबैभन्दा आसा र विश्वास गरेका खेलाडी हुन् अलराउन्डर दीपेन्द्रसिंह ऐरी।

उमेर समूहको क्रिकेटमा उत्कृष्ट प्रदर्शनसँगै १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका ऐरीका लागि २०२६ को विश्वकप दोस्रो विश्वकप हो।

दश वर्षमा नेपाली टोलीका लागि महत्वपूर्ण योगदान दिएका ऐरीको नाममा सबैभन्दा छिटो टी-२० अन्तर्राष्ट्रिय शतक छ। बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा नेपाली टोलीका मुख्य हतिसार ऐरीको क्रिकेट यात्राबारे पढ्नुहोस् –

पूरा नाम: दीपेन्द्र सिंह ऐरी

जन्म: जनवरी २४, २०००, महेन्द्रनगर

उमेर: २६ वर्ष

ब्याटिङ शैली: दाहिने हाते ब्याटर

बलिङ शैली: दाहिने हाते अफब्रेक

भूमिका: मध्यक्रमका ब्याटर/अलराउन्डर

टी-२० आई डेब्यू: नेदरल्याण्ड्स विरूद्ध नेपाल, लर्ड्स-जुलाई २९, २०१८

दीपेन्द्रसिंह ऐरीको क्रिकेट यात्रा कञ्चनपुरको महेन्द्रनगरबाट सुरू भएको हो। बाल्यकालमा उनी स्कुलका चउर  र गाउँका खेत गरामा क्रिकेट खेल्थे। सुरूवाती दिनमै उनी ब्याटिङ र बलिङमा मात्र होइन फिल्डिङमा निकै जोसिला थिए।

उनको पहिलो औपचारिक खेल गाउँको स्कुलस्तरीय प्रतियोगिताबाट सुरू भयो। जहाँ उहाँले ४५ बलमा १५ रन बनाएका थिए। क्रिकेट बाहेक उनलाई फुटबल, टेबल टेनिस र भलिबल खेल्न पनि मन पर्थ्यो।

दीपेन्द्रलाई क्रिकेटतर्फ आकर्षित गर्न गाउँका सिनियर खेलाडी र प्रदीप ऐरी लगायतका अन्तर्राष्ट्रिय खेलाडीहरूको ठूलो हात छ।

स्कुलस्तरका प्याब्सन प्रतियोगिता खेल खेल्दै उनले आफ्नो सीप तिखारे।    यहिँक्रममा उनले क्षेत्रबाट यू-१९ छनोट खेले। यू-१९ प्रतियोगितामा गरेका उत्कृष्ट प्रदर्शनसँगै ऐरी यू-१९ राष्ट्रिय टोलीमा परे। उनलाई सुरूमा ब्याट्सम्यान र मिडियम पेसर अलराउन्डरको रूपमा चिनिन्थ्यो।

यू-१९ टोलीमा उनले उत्कृष्ट प्रदर्शन गरे। यू-१९ टोलीमै गरेको प्रदर्शनको आधारमा उले राष्ट्रिय टोलीको ढोका खोले।

ऐरीले सन् २०१६ को यू-१९ विश्वकप खेलेपछि सन् २०१७ मा १७ वर्षको उमेरमा केन्याविरूद्ध सिनियर टोलीबाट डेब्यू गरेका थिए।

पारस खड्कापछिको पुस्ताका प्रभावशाली खेलाडीका रूपमा उनले आफ्नो परिचय बनाइसकेका छन्। ऐरीले सन् २०२३ सेप्टेम्बरमा मंगोलियाविरूद्ध मात्र ९ बलमा टी-२० आई क्रिकेटको इतिहासमै सबैभन्दा छिटो अर्धशतक प्रहार गरे। यो रेकर्डसँगै उनको पनि चर्चा चुलियो।

ऐरी यतिमा मात्र रोकिएनन् उनले ९ बलमै अर्धशतक बनाएको सात महिनापछि टी-२० मा एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वकै तेस्रो खेलाडी समेत बने।

ऐरी ब्याटिङका लागि मात्र चिनिएका खेलाडी होइनन्। उनी टोलीका लागि महत्वपूर्ण स्पिनर र उत्कृष्ट फिल्डरको भूमिकामा हुन्छन्। अनुशासित बलिङ र कसिलो फिल्डिङको उनको क्षमता हो।

डाइरेक्ट हिटमार्फत् उनले विपक्षीलाई रनआउट गरेका धेरै उदाहरण छन्। उनी यति छिटो छन् कि विपक्षी ब्याटर उनी फिल्डिङमा भएको बेला रन लिन दबाबमा हुन्छन्।

पावरप्लेको समयमा इनफिल्डमा होस् वा अन्तिम ओभरहरूमा बाउन्ड्री लाइनमा, दीपेन्द्र जता पनि छाउछन्। उनले धेरै पटक सनसनीपूर्ण क्याच र उत्कृष्ट रन-आउले खेलको लय नै परिवर्तन हुने गरेका छन्। त्यसैले उनी टोलीका एक निर्विकल्प अलराउन्डर भन्दा फरक नपर्ला।

ऐरी टी-२० एक हजार रन पूरा गर्ने नेपालका पहिलो खेलाडी हुन्। उनी टी-२० आईमा एक हजार रन र ५० विकेटको कोसेढुङ्गा पार गर्ने नेपालका एकमात्र खेलाडी पनि हुन्।

दीपेन्द्र खेलप्रतिको समर्पण र कडा मिहिनेतका लागि परिचित छन्। उहाँ दैनिक ३ देखि ४ घण्टा अभ्यास गर्छन। उनले सन् २०२५ ओमानमा भएको टी-२० विश्वकप क्वालिफायर खेलका दौरान खुट्टाको लिगामेन्टमा चोट लाग्दा पनि औषधी खाएर, टेपिङ गरेर र रातभर आइसिङ गर्दै टोलीका लागि खेलेका थिए।

टोलीमा उनको भूमिका परिस्थिति अनुसार ओपनिङदेखि फिनिसर (३-४ डाउन) सम्म रहने गर्छन्। उनी प्रशिक्षक जगत टमाटा (जगत गुरू) को मार्गदर्शनमा आफ्नो माइन्डसेट र स्किलमा काम गर्छन्।

उनको खेलप्रतिको भोक र जागँर देखेर पूर्वकप्तान पारस खड्काले उनको उपनाम ‘टाइगर’ राखिदिएका थिए। हाल उनी टोलीमा र नेपाली समर्थकमाझ टाइगर उपनामले नै चिनिन्छन्।सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...