Skip to main content

धनगढी न्यूज

Day: February 1, 2026

एसपीए कलेजद्वारा स्वागत कार्यक्रम सम्पन्न

एसपीए कलेजद्वारा स्वागत कार्यक्रम सम्पन्न

धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पस(एसपीए कलेज)मा स्नातक तह प्रथम वर्षका नवप्रवेशी विद्यार्थीहरूको स्वागतका लागि स्नातक दोस्रो वर्षका विद्यार्थीहरूको आयोजनामा आज स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्नातक तहका विभिन्न वर्षमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम उत्साहपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सञ्चालन गरिएको थियो। कार्यक्रमको सभाध्यक्षता बिएड दोस्रो वर्षमा अध्ययनरत छात्रा दिपा गिरीले गर्नुभएको थियो । क्याम्पसका क्याम्पस प्रमुख बुधराम चौधरी को प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख रघनाथ जोशी तथा प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायर विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै क्याम्पस प्रमुख चौधरीले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर मेहनत र लक्ष्यप्रति प्रतिबद्ध…
Read More
सिरहा-३ : ‘हामी त भोट बैंक मात्र हो, सबै आउँछन् झुटा आश्वासन दिएर जान्छन्’

सिरहा-३ : ‘हामी त भोट बैंक मात्र हो, सबै आउँछन् झुटा आश्वासन दिएर जान्छन्’

सिरहा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ मा ४१ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरू चुनावी प्रचार अन्तर्गत घरदैलो कार्यक्रममा जुटिरहँदा यो क्षेत्रमा पर्ने हरिपुर बेतौनाका मुसहर समुदाय भने आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्ने चिन्तामै छन् । सिरहा क्षेत्र नम्बर ३ मा पर्ने गोलबजार नगरपालिका-१२ हरिपुर बेतौनाका ६० घरपरिवार पानी, शौचालय जस्ता आधारभूत सुविधाबाट वर्षौंदेखि वञ्चित छन् । चुनावी माहोल बढ्दै जाँदा उनीहरू भने ओत लाग्ने घर, शुद्ध पिउने पानी र शौचालयको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् । शौचालय नहुँदा अर्काको खेतबारीमा गएर शौच गर्नुपर्ने बाध्यता छ, आइरनयुक्त दूषित पानी पिउनुपर्छ ।…
Read More
निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ

निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरुको ३० लाख मतपत्र छपाइ सकेको छ। शनिबार रातिसम्मको तथ्यांकअनुसार ३० लाख मतपत्र प्रत्यक्ष तर्फको छापिएको निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। अहिले २५ जिल्लाको मतपत्र छापिएको हो। उनकाअनुसार दैनिक १२ देखि १५ लाखको हाराहारीमा मतपत्र छपाइ हुँदै आएको छ। निर्वाचन तालिका अनुसार नै काम भइरहेको उनले बताए। त्यसैगरी समानुपातिक तर्फको मतपत्र सबै छाप्ने काम सकिसकेको पनि उनले बताए। समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिएका छन्। ‘मतपत्र छाप्ने कामको हामी छिट्टै सक्छौं। हामी निर्वाचन कार्यतालिका भित्रै छौं,’ उनले भने।सेतोपाटी बाट साभार  
Read More
भारत बजेट : नेपाललाई दिने सहायता रकम बढ्यो

भारत बजेट : नेपाललाई दिने सहायता रकम बढ्यो

१८ माघ, काठमाडौं । भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ । भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँले बढी हो । विश्लेषकहरूका अनुसार नेपाललाई दिइएको सहयोग वृद्धिले पूर्वाधार, सीमा क्षेत्रमा विकास परियोजना र सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ । भारतले क्षेत्रीय सम्बन्ध र छिमेकी मुलुकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै नेपालसहित भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम वृद्धि गरेको छ । भारतको यो निर्णयलाई नेपाल–भारत विकास साझेदारी निरन्तरताको संकेतका रूपमा हेरिएको…
Read More
सुनकाे मूल्यमा उच्च गिरावट

सुनकाे मूल्यमा उच्च गिरावट

 स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ५०० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ मा किनबेच भएको थियो । त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको…
Read More
चितुवाभन्दा फुर्तिला ‘टाइगर’ दीपेन्द्र

चितुवाभन्दा फुर्तिला ‘टाइगर’ दीपेन्द्र

टी-२० विश्वकप २०२६ विशेष आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाली टोलीले सबैभन्दा आसा र विश्वास गरेका खेलाडी हुन् अलराउन्डर दीपेन्द्रसिंह ऐरी। उमेर समूहको क्रिकेटमा उत्कृष्ट प्रदर्शनसँगै १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका ऐरीका लागि २०२६ को विश्वकप दोस्रो विश्वकप हो। दश वर्षमा नेपाली टोलीका लागि महत्वपूर्ण योगदान दिएका ऐरीको नाममा सबैभन्दा छिटो टी-२० अन्तर्राष्ट्रिय शतक छ। बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा नेपाली टोलीका मुख्य हतिसार ऐरीको क्रिकेट यात्राबारे पढ्नुहोस् - पूरा नाम: दीपेन्द्र सिंह ऐरी जन्म: जनवरी २४, २०००, महेन्द्रनगर उमेर: २६ वर्ष ब्याटिङ शैली: दाहिने हाते ब्याटर बलिङ शैली: दाहिने हाते अफब्रेक भूमिका: मध्यक्रमका ब्याटर/अलराउन्डर टी-२० आई…
Read More
म्याग्दीमा निर्वाचन, पोखरामा प्रचार

म्याग्दीमा निर्वाचन, पोखरामा प्रचार

१८ माघ, बेनी(म्याग्दी) । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरू भोट माग्न भने गण्डकी प्रदेश राजधानी पोखरा धाइरहेका छन् । म्याग्दीका ठुलो संख्याका मतदाता पोखरामै बस्ने भएकाले उम्मेदवारको ध्यान त्यतातिर बढी तानिएको छ । म्याग्दीका गाउँमा मतदाता नामावली भएका, तर शिक्षा, व्यापार–व्यावसाय र अन्य कामको सिलसिलामा पोखरामा बसोबास गर्ने म्याग्देलीको संख्या ठुलो छ । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ शनिबार र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार अर्जुन थापा शुक्रबार पोखरा पुगेर मतदातासँग भेटघाट गरेका छन् । एमाले र नेकपासम्बद्ध म्याग्दी–पोखरा सम्पर्क समाजले पोखरामा बसोबास म्याग्देलीसँग उम्मेदवारको भेटघाट कार्यक्रम आयोजना पार्टीका लागि मत मागेका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार…
Read More
सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा नियमावली ल्याउन नसक्दा स्थानीय तहमा कार्यरत कर्मचारी मर्कामा परेका छन्। प्रदेश संरचना गठन भएको आठ वर्षमा बल्लतल्ल स्थानीय सेवा ऐन ल्याएको सुदूरपश्चिम सरकारलाई नियमावली ल्याउन सकस भएको छ। गत असार १५ मा झण्डै दुई वर्ष लगाएर स्थानीय सेवा ऐन ल्याएको प्रदेश सरकारले सो ऐन आएको साढे चार महिनासम्म नियमावली ल्याउन सकेको छैन। स्थानीय सेवा ऐनको मस्यौदा लिएर प्रदेशको विधायन समितिले प्रदेशभर विभिन्न ठाउँमा पुगेर उत्कृष्ट ऐन ल्याउने भन्दै दुई वर्ष खर्चेको थियो। दुई वर्ष लगाएर ल्याइएको ऐन नै नियमावली निर्माणका लागि बाधक बनेको स्वयम् कर्मचारी र प्रदेश सरकारका अधिकारीले बताउने गरेका छन्। प्रदेश सरकारले स्थानीय…
Read More