Skip to main content

धनगढी न्यूज

निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ

Advertisement

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरुको ३० लाख मतपत्र छपाइ सकेको छ।

शनिबार रातिसम्मको तथ्यांकअनुसार ३० लाख मतपत्र प्रत्यक्ष तर्फको छापिएको निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

अहिले २५ जिल्लाको मतपत्र छापिएको हो।

उनकाअनुसार दैनिक १२ देखि १५ लाखको हाराहारीमा मतपत्र छपाइ हुँदै आएको छ।

निर्वाचन तालिका अनुसार नै काम भइरहेको उनले बताए।

त्यसैगरी समानुपातिक तर्फको मतपत्र सबै छाप्ने काम सकिसकेको पनि उनले बताए।

समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिएका छन्।

‘मतपत्र छाप्ने कामको हामी छिट्टै सक्छौं। हामी निर्वाचन कार्यतालिका भित्रै छौं,’ उनले भने।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...