Skip to main content

धनगढी न्यूज

तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले

Advertisement

काठमाडौँ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा खासखास क्षेत्रमा चुनावी तालमेलका लागि गरेको प्रस्ताव अन्य पार्टीले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको छ । कांग्रेस र नेकपाले तालमेलको प्रस्ताव अस्वीकार गरेपछि खासखास क्षेत्रमा चुनावी तालमेल गर्ने एमाले अध्यक्ष केपी ओलीको चाहाना पुरा नहुने भएपछि एमालेलाई अप्ठेरो पर्ने देखिएको हो ।

‘खासखास क्षेत्रमा एमालेले चुनावी तालमेलको प्रस्ताव गरेको थियो तर नेकपाले उक्त प्रस्ताव अस्वीकार गरेको छ’, नेकपाका नेता प्रकाश ज्वालाले रातोपाटीसँग भने, ‘पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले एमालेको प्रस्तावमा नलाग्ने भन्नु भएको छ ।’ प्रचण्ड र माधवले एमालेबाट आएको तालमेलको प्रस्तावबारे केही दिन अघि बैठकमा ब्रिफिङ गर्दै तालमेल नगर्ने निष्कर्ष सुनाएका थिए ।

एक्लै निर्वाचन लड्ने घोषणासहित माघ ६ गते उम्मेदवारी दर्ता गरेका कांग्रेस, एमाले र नेकपाले मतदान मिति नजिकिँदै जाँदा निश्चित निर्वाचन क्षेत्रहरूमा चुनावी तालमेलको प्रयास गरेका थिए । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

कांग्रेसको विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व गगन थापाले सम्हाल्दै आएका छन् । तर थापा पहिलेदेखि नै चुनावी तालमेलको विपक्षमा छन् । यस्तो अवस्थामा देउवा तालमेलका लागि सकारात्मक भए पनि पार्टीमा देउवाको हैसियत कमजोर छ ।

चुनावी तालमेलको चर्चा भइरहेका बेला कांग्रेसले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने पत्रकार सम्मेलन गरेरै स्पष्ट पारेको छ ।

कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार चुनावी मैदानमा होमिएकाले चुनावअघि तालमेल गर्ने नीति नभएको प्रस्ट पारेका हुन् ।

‘निर्वाचनपूर्व कुनै किसिमको गठबन्धन वा चुनावी तालमेल कांग्रेसले गर्दैन । अब कांग्रेस एक्लै आफ्नै बलमा चुनावमा प्रतिस्पर्धा गर्छ’, प्रवक्ता चालिसेको भनाई छ ।

उता, नेकपाका अध्यक्ष प्रचण्डले पनि कुनै पनि पार्टीसँग चुनावी तालमेल नहुने पार्टी बैठकमै ब्रिफिङ गरिसकेका छन् । ‘देशभर हाम्रो पार्टीको पक्षमा चुनावी माहौल राम्रो बन्दै गएको छ । सबै जनाले अझ मेहनत गरेको खण्डमा एक नम्बरको पार्टी बन्छ । अहिले एमाले वा कांग्रेस कुनै पार्टीसँग चुनावी तालमेलबारे कुराकानी भएको छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै नेता राजेन्द्र श्रेष्ठले भने ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले देश जलाउनेकाविरुद्ध जाने राजनीतिक दलहरूसँग चुनावी सहकार्य गर्ने पार्टीको नीति रहेको खुलासा गरेका थिए ।

‘देश जलाउनेहरुकाविरुद्ध हुने दलहरूसँग चुनावी सहकार्य गर्न सकिन्छ भन्ने पार्टीको नीति छ’, बादलले भनेका थिए, ‘१६५ निर्वाचन क्षेत्रहरूमध्ये जहाँ जहाँ देश जलाउनेहरूका विरुद्ध जान तयार हुने दलहरू छन् । दुवै पक्षको हित हेरेर निश्चित निर्वाचन क्षेत्रमा विनविनको अवस्थामा सहकार्य हुनसक्छ ।’

यसै क्रममा जनार्दन शर्मा र बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी प्रलोपासँग सहकार्यका लागि सहमति भइसकेको उपाध्यक्ष थापाको भनाइ थियो ।

 

‘अरूसँग पनि कतिपय निर्वाचन क्षेत्रमा सहकार्य हुनसक्छ । त्यसबारे छलफल पनि भइरहेको छ’, थापाले भनेका थिए, ‘फागुन २१ अघिसम्म सबै पक्षहरूबाट प्रयत्न जारी रहन्छ र अन्तिम समयमा केही ठाउँहरूमा सहकार्यका लागि सहमति हुनसक्छ ।’

तर नेकपा र कांग्रेसले फागुन २१ सम्म आफ्नो अडान नफेरेको खण्डमा चुनावी तालमेल गर्ने एमालेको चाहाना पुरा हुने देखिँदैन ।

खास गरी अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ र महासचिव शङ्कर पोखरेलको निर्वाचन क्षेत्र दाङ–२ मा अन्य दलसँग एमाले चुनावी तालमेलको पक्षमा छ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ओलीसँग प्रतिस्पर्धामा उत्रेका छन् । रास्वपाको लहर बढ्दै गएको ठहरसहित ओलीले आफ्नो र महासचिव पोखरेलको क्षेत्रमा नेकपा र कांग्रेसमध्ये कुनै एक दलसँग तालमेल गरेर जीत सुनिश्चित गर्न चाहेका छन् ।

अघिल्लो निर्वाचनमा ओलीले झापामा राप्रपासँग चुनावी तालमेल गरेका थिए । तर यो पटक राप्रपाले पनि चुनावी तालमेल नगर्ने बताउँदै आएको छ । राप्रपा र नेकपा दुवैले तालमेल नगर्ने भएपछि झापामा ओलीलाई चुनावमा धक्का लाग्नसक्ने त्रास छ भने दाङमा महासचिव शङ्कर पोखरेललाई पनि चुनौती रहेको बताइएको छ । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...