Skip to main content

धनगढी न्यूज

Day: February 6, 2026

आयोगले सोध्यो ३४ स्पष्टीकरण, २४ दल र उम्मेदवारले दिए जवाफ

आयोगले सोध्यो ३४ स्पष्टीकरण, २४ दल र उम्मेदवारले दिए जवाफ

काठमाडौँ : निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताए। भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्स्योट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको बताए। आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ। भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ। प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा…
Read More
तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले

तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले

काठमाडौँ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा खासखास क्षेत्रमा चुनावी तालमेलका लागि गरेको प्रस्ताव अन्य पार्टीले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको छ । कांग्रेस र नेकपाले तालमेलको प्रस्ताव अस्वीकार गरेपछि खासखास क्षेत्रमा चुनावी तालमेल गर्ने एमाले अध्यक्ष केपी ओलीको चाहाना पुरा नहुने भएपछि एमालेलाई अप्ठेरो पर्ने देखिएको हो । ‘खासखास क्षेत्रमा एमालेले चुनावी तालमेलको प्रस्ताव गरेको थियो तर नेकपाले उक्त प्रस्ताव अस्वीकार गरेको छ’, नेकपाका नेता प्रकाश ज्वालाले रातोपाटीसँग भने, ‘पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले एमालेको प्रस्तावमा नलाग्ने भन्नु भएको छ ।’ प्रचण्ड र माधवले एमालेबाट आएको तालमेलको प्रस्तावबारे केही दिन अघि बैठकमा ब्रिफिङ गर्दै तालमेल नगर्ने निष्कर्ष…
Read More
नारा नै लगाउने भए ‘अबकी बार सय पार’ भन्ने लगाउनुस्- गगन थापा

नारा नै लगाउने भए ‘अबकी बार सय पार’ भन्ने लगाउनुस्- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने  'अबकी बार सय पार'को नारा लगाउनुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्। ‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु- अबकी बार यो सरकार भन्ने नारा लगाउन छाडिदिनुस्,’ उनले भने, ‘नारै लगाउने भए अबकी बार सय पार भन्ने नारा लगाउनुस्।’ यस नाराअनुसार अघि बढ्न सकिने पनि उनले बताए। ‘बहुमतसम्म पुग्न सकिन्छ,’ सभापति थापाले भने, ‘तर दु:ख गर्नुपर्नेछ। मेहनत गर्नुपर्नेछ। पार्टीको प्रत्येक सदस्यले म नै उम्मेदवार हो भन्ने ठानेर मेहनत गरौं। टोलसम्म संगठन भएको पार्टी हो यो।’ उनले देश सम्हाल्ने…
Read More
धनगढीस्थित एसपिए कलेजको खेल सप्ताह आजबाट सुरु

धनगढीस्थित एसपिए कलेजको खेल सप्ताह आजबाट सुरु

धनगढीस्थित एसपिए कलेजमा आज बाट खेल सप्ताह २०८२ प्रारम्भ भएको छ । कलेजको २७ औँ वार्षिकउत्सवको पूर्व सन्ध्यामा अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त खेल सप्ताह सुरु गरिएको क्याम्पसका क्याम्पस प्रमुख बुधराम चौधरीले बताए । आज एक कार्यक्रमवीच क्याम्पस परिसरमा उक्त खेल सप्ताहको उद्घाटन गरिएको छ । स्नातक तथा मा.वि. तहका विद्यार्थीहरु आफ्नो रुची र कौशल अनुसार विभिन्न विधागत प्रतियोगिताहरुमा सहभागी हुने मा.वि. संयोजक रमेश जोशीले जानकारी गराए । खेल सप्ताह आजबाट सुरु भइ माघ २९ गतेसम्म चल्नेछ , जस अन्तर्गत निबन्ध लेखन , हाजिरीजवाफ , कविता , गजल प्रतियोगितामा विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । त्यस्तै , फुटबल , भलिबल , क्रिकेट ,…
Read More