Skip to main content

धनगढी न्यूज

नारा नै लगाउने भए ‘अबकी बार सय पार’ भन्ने लगाउनुस्- गगन थापा

Advertisement

नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने  ‘अबकी बार सय पार’को नारा लगाउनुपर्ने बताएका छन्।

आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्।

‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु- अबकी बार यो सरकार भन्ने नारा लगाउन छाडिदिनुस्,’ उनले भने, ‘नारै लगाउने भए अबकी बार सय पार भन्ने नारा लगाउनुस्।’

यस नाराअनुसार अघि बढ्न सकिने पनि उनले बताए।

‘बहुमतसम्म पुग्न सकिन्छ,’ सभापति थापाले भने, ‘तर दु:ख गर्नुपर्नेछ। मेहनत गर्नुपर्नेछ। पार्टीको प्रत्येक सदस्यले म नै उम्मेदवार हो भन्ने ठानेर मेहनत गरौं। टोलसम्म संगठन भएको पार्टी हो यो।’

उनले देश सम्हाल्ने र व्यवस्था सुधार्ने पनि बताए।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...