Skip to main content

धनगढी न्यूज

निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढे

Advertisement

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सिटका लागि मतदान हुँदैछ ।

यसपटकको निर्वाचनका लागि विदेशमा बस्ने नेपालीहरूले पनि निकै चासो देखाइरहेका छन् । यसअघि विदेशमा बस्नेहरुलाई मतदानको अधिकार दिनेबारे छलफल भएको थियो, तर प्रयास असफल भएपछि विदेशमा बस्ने नेपालीहरू मतदान गर्न धमाधम स्वदेश फर्किन थालेका छन् ।

पछिल्लो समय विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दै गएको अध्यागमन विभागको तथ्यांकबाट देखिएको छ । पछिल्ला दिनमा विदेश जानेभन्दा फर्किनेको संख्या बढेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकाल बताउँछन् । ‘फर्किनेहरुको संख्या बढेको छ तर किन बढे भन्ने विषयमा हामीले विश्लेषण गरेका छैनौं,’ उनी भन्छन् ।

माघ १८ देखि २७ सम्ममा ५१ हजार ७९ जना स्वेदश फर्किएका छन् । त्यस अवधिमा ५० हजार मानिस विदेशिए । पछिल्लो अवधिमा जाने भन्दा फर्किनेको संख्या एक हजारले बढी देखिन्छ । त्यस अवधिमा साउदी अरेबियाबाट ४ हजार ७०७ जना फर्किए । कतारबाट ५ हजार ५१७ आएका छन् । यस्तै कतारमा ५ हजार ६ जना गएका छन् ।

सन् २०२६ जनवरी अर्थात् पुस १७ देखि माघ १७ सम्म १ लाख ५८ हजार १४६ जना नेपाल फर्किएका छन् । त्यस अवधिमा १ लाख ५७ हजार ६५८ जना विदेशिएको अध्यागमन विभागले जनाएको छ । पुस १७ पछिको १ महिनामा  साउदी अरेबियाबाट १३ हजार ३३६ जना नेपाल फर्किए । त्यस अवधिमा १४ हजार ५९४ जना साउदी अरेबिया गएका थिए । यस्तै कतारबाट १८ हजार नेपाल आए भने १५ हजार गएको तथ्यांकबाट देखिएको छ । त्यस अवधिमा यूएईबाट २६ हजार ४ सय जना आउँदा १८ हजार ४०० मात्रै गएको देखिएको छ ।

पछिल्लो ५ महिनाको तथ्यांक 

Table
तथ्यांक स्रोत : अध्यागमन विभाग

कात्तिक १५ देखि मंसिर १५ सम्ममा १ लाख ४९ हजार नेपाल फर्किएका छन् । त्यस अवधिमा १ लाख ४४ हजार विदेश गएका थिए । त्यस अवधि (सन् २०२५ अक्टोबर)मा जानेभन्दा आउनेको संख्या ५ हजारले बढी देखिन्छ ।

नयाँ वर्षमा विदेशमा लामो बिदा हुने हुनाले पनि नेपालीहरु धेरै आएको आकलन गरिएको छ । अध्यागमनका निर्देशक ढकाल भन्छन्, ‘विदेशमा लामो बिदा हुने हुनाले पनि धेरै मानिस फर्किएको हुनसक्छ ।’

विदेशमा नयाँ वर्ष सुरू भएपछि दुई महिनासम्म बिदा लिने प्रचलन छ । तर पछिल्लो समय विदेशबाट फर्किनुको मुख्य कारण निर्वाचन नै भएको जानकारहरू बताउँछन् । समाजशास्त्री डा. दिनेश प्रसाईं भन्छन्, ‘अरू मेजर कारण त केही पनि देखिँदैन ।’

सन् २०२५ नोभेम्बर (कात्तिक १५ देखि मंसिर १४ सम्म) मा १ लाख ३४ हजार नेपाल फर्किएका थिए । उक्त महिना १ लाख ६० हजार विदेशिएको अध्यागमन विभागको तथ्यांकबाट देखिएको छ । यसमा यूएईबाट २३ हजार आउँदा २० हजार गए । साउदीबाट १० हजार ५०० जना आएका थिए भने १७ हजार ८५४ जना गएका थिए । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...