Skip to main content

धनगढी न्यूज

Day: February 11, 2026

करोडौँ ठगीमा जेल बसेका लामिछानेको मुद्दा फिर्ता लिनु गलत : काँग्रेस सांसद

करोडौँ ठगीमा जेल बसेका लामिछानेको मुद्दा फिर्ता लिनु गलत : काँग्रेस सांसद

काठमाडौँ : नेपाली काँग्रेसका सांसद पदम परियारले रास्वपा नेता रवि लामिछानेको मुद्दा फिर्ता लिएर प्रधानमन्त्री सुशीला कार्कीले गल्ती गरेको दावी गरेका छन्। बुधवार बसेको राष्ट्रियसभाको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीका काम शंकास्पद रहेको आरोप लगाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयको उनले विरोध गरे। मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतको फैसलाअनुसार जेल सजाय भोगिरहेका उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद र शंकास्पद निर्णय गरेर नागरिक सरकारले दलीय पक्षधरता लिएको उनको आरोप छ। गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहने विषमा असन्तुष्टि जनाए। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्वयं सरकार आयोजक बसेर निर्वाचनको…
Read More
नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?

नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत बिहीबार समूह ‘सी’ को खेलमा नेपाल र इटालीले प्रतिस्पर्धा गर्दैछन्। मुम्बईको वानखेडे रंगशालामा नेपालसँग बिहीबार दिउँसो सवा तीन बजे भिड्नुअघि इटालीका कप्तान वायन म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्न पाउनु ठूलो सम्मान भएको बताए। नेपाली समर्थकहरूको बारेमा उनले भने, ‘भोलिको खेलमा नेपाली समर्थकहरूको ठूलो उपस्थिति हुनेछ। हामी नेपाली समर्थकका अगाडि खेल्न निकै उत्साहित छौँ। हामी यसलाई दबाबको रूपमा होइन, एउटा अवसरको रूपमा लिनेछौँ। खाली रंगशालामा भन्दा हजारौँ दर्शकका अगाडि खेल्नुको मज्जा बेग्लै हुन्छ।’ म्याडसेन घाइते भएका कारण नेपालविरुद्धको खेलमा उपलब्ध हुने छैनन्। उनले आफ्नो चोटबारे भने, ‘मेरो काँधको चोटका कारण म भोलि खेल्न सक्दिनँ। मेरो…
Read More
निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढे

निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढे

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सिटका लागि मतदान हुँदैछ । यसपटकको निर्वाचनका लागि विदेशमा बस्ने नेपालीहरूले पनि निकै चासो देखाइरहेका छन् । यसअघि विदेशमा बस्नेहरुलाई मतदानको अधिकार दिनेबारे छलफल भएको थियो, तर प्रयास असफल भएपछि विदेशमा बस्ने नेपालीहरू मतदान गर्न धमाधम स्वदेश फर्किन थालेका छन् । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दै गएको अध्यागमन विभागको तथ्यांकबाट देखिएको छ । पछिल्ला दिनमा विदेश जानेभन्दा फर्किनेको संख्या बढेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकाल बताउँछन् । ‘फर्किनेहरुको संख्या बढेको छ तर किन बढे भन्ने…
Read More
रामेछाप बस दुर्घटना : क्षतिपूर्ति र उपचारको माग गर्दै घाइते र मृतकका आफन्त प्रदर्शनमा

रामेछाप बस दुर्घटना : क्षतिपूर्ति र उपचारको माग गर्दै घाइते र मृतकका आफन्त प्रदर्शनमा

२८ माघ, काभ्रे । रामेछापमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै सडक जाम गरेका छन् । रामेछापको मन्थलीस्थित मन्थली अस्पताल क्षेत्रमा घाइते तथा मृतकका आफन्तले सडक जाम गरेका छन । पीडितहरूले मन्थली नगरपालिका– २ भुत्याहा खोला छेउमा टिफर तेर्स्याएर यातायात अवरुद्ध गरेका हुन् । जसकारण रामेछापबाट काठमाडौं र काठमाडौंबाट रामेछाप र ओखलढुंगाका विभिन्न भागहरूका लागि छुटेका बसहरू गन्तव्यमा नपुगी बाटोमै रोकिएका छन् । दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्क आउन, मृतक परवारलाई उचित क्षतिपूर्ति…
Read More